१८ भाद्र २०८३, बिहीबार
,
Latest
इलाममा ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु उद्धार र पुनःस्थापनामा तीन तहको सरकारबीच समन्वय अघि बढाउन रास्वपाको जोड बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

थुनेलो रोकथामका लागि निःशुल्क परीक्षण



अ+ अ-

तनहुँ। यहाँ व्यावसायिक रूपमा पालन गरिएका पशुमा थुनेलो देखिएपछि निःशुल्क उपचार तथा सामग्री वितरण गरिएको छ ।

भानु नगरपालिका, पशुपन्छी तथा मत्स्य विकास शाखाद्वारा आज यहाँ आयोजित थुनेलो परीक्षण कार्यक्रममा पशुपालक किसानलाई औषधिसहित उपचार सामग्री निःशुल्क वितरण गरिएको हो ।

भानु नगरपालिका–११ रूपाकोटस्थित मिलिजुली दुग्ध उत्पादक कृषक समूहको सहकार्यमा सञ्चालित कार्यक्रममा संस्थामा आबद्ध किसानका गाईभैँसीको थुनेलो परीक्षण गरी सङ्क्रमण देखिएका पशुलाई आवश्यक उपचार सामग्री तथा मिनिरल–भिटामिन वितरण गरिएको समूहका अध्यक्ष उमेश अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविरमा १४ कृषकका १६ वटा गाईभैँसीको दूधको नमूना सङ्कलन गरी परीक्षणसमेत गरिएको थियो । ११ गाई र पाँच भैँसीको नमूना परीक्षण गर्दा ११ कृषकका सात गाई र तीन भैँसीमा थुनेलो सङ्क्रमण देखिएको अधिकारीले जानकारी दिनुभयो ।

सङ्क्रमण देखिएका पशुलाई औषधिसहित उपचार सामग्री वितरण गर्नुका साथै किसानलाई थुनेलो रोगका लक्षण, असर तथा रोग लाग्न नदिन अपनाउनुपर्ने सावधानीका उपायबारे पनि प्रशिक्षण दिइएको वडा नं ११ का अध्यक्ष विमलराज जोशीले जानकारी दिनुभयो । प्राविधिक अमित ढुङ्गाना, अनिता विक, ललिता बुढाथोकी र देवराज भण्डारीले उपचार सेवा प्रदान गर्नुका साथै प्रशिक्षण दिनुभएको थियो ।

पछिल्लो समय विशेषगरी गाईभैँसीमा थुनेलो रोगको प्रकोप बढ्दै गएको पाइएको छ । रोगका कारण दूध उत्पादनमा कमी आउनुका साथै पशुको स्वास्थ्यमा गम्भीर असर पर्दा किसानको लगानीसमेत जोखिममा पर्ने गरेको छ । रासस