८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट प्रतियोगिता’ आगामी वैशाख १ मा

‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट प्रतियोगिता’ आगामी वैशाख १ मा
अ अ+ अ-

नुवाकोट। नयाँ वर्ष–२०८३ को अवसरमा आगामी वैशाख १ गते नुवाकोटको दुप्चेश्वर महादेव मन्दिर परिसरमा ‘रिङ रेस्लिङ न्यू इयर ब्लास्ट प्रतियोगिता’ सञ्चालन गर्न लागिएको छ ।

नेपाल रिङ रेस्लिङ संघको सहकार्यमा नेपाल रिङ रेस्लिङ संघ, नुवाकोटको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नुवाकोट देशभरका चर्चित पन्ध्रजना भन्दाबढी रेस्लरले सहभागिता रहने शुक्रबार विदुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

नुवाकोटको दुप्चेश्वर मन्दिर यहाँको धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्दै मोफसलमा रिङ रेस्लिङ प्रतियोगिता विस्तारमा जोड दिन नुवाकोटमा प्रतियोगिता सञ्चालन गर्न लागिएको नेपाल रिङ रेस्लिङ संघका महासचिव कमल तामाङ ९नुवाकोटे टाइगर०ले जानकारी दिए ।

उनको अनुसार नुवाकोटमा यसअघि पहिलो र दोस्रो आर डब्ल समरस्ल्याम प्रतियोगिता, रेस्लिङ महाभीडन्तलगायतका प्रतियोगिता सम्पन्न भइसकेकाले ‘न्यू इयर ब्लास्ट’ प्रतियोगिता थप रोमाञ्चकसहित आकर्षक हुने दाबी गरिएको छ ।

रिङ रेस्लिङ प्रतियोगिताको सफल प्रतियोगिता सम्पन्न भइसकेकाले नेपाल रिङ रेस्लिङ नुवाकोटले यो पटक विभिन्न विधामा गराउने प्रतिस्पर्धाले नेपालमा रेस्लिङ खेलको महत्त्व बढाउँदै खेल प्रतिको आकर्षणमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतियोगितामा नेपालका उत्कृष्ट रेस्लर नुवाकोटे टाइगर, साइन, डेबिट, चट्टान, किङ्ग–रोबर्ट, उर्गेन, ठागू, तनु, आकृती सुजल, एक्स–हिरो, सिजे–वल्डलगायतका नेपालका एक दर्जन भन्दाबढी रेस्लरको महाभीडन्त समावेश गरिएको आयोजक नेपाल रिङ रेस्लिङ संघ, नुवाकोट अध्यक्ष प्रलाद थापाले जानकारी दिए ।

प्रतियोगितामार्फत दुप्चेश्वर महादेव मन्दिरसहित सम्भावना भएर पनि प्रचारप्रसारको कारण ओझेलमा परेका नुवाकोटका धार्मिक, सांस्कृतिक एवं पर्यटकीयस्थलको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउँदै आर्थिक उपार्जनसंघ जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

‘हेभी वेट’ (पुरुष) विधा अन्तरगत विजेताले गोल्डेन बेल्टसहित नगद रु ७५ हजार प्राप्त गर्नेछन् भने महिला च्याम्पियनसिप विधाका विजेताले बेल्टसहित नगद रु ५० हजार प्राप्त गर्नेछन् । यस्तै, पुरुष ट्याक्टिम हार्डकोर विधामा विजेताले मेडलसहित रु ६० हजार र त्रिपल थ्रेट विधामा विजेताले मेडलसहित रु २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

नेपाल रिङ रेस्लिङ संघ, नुवाकोटले यसअघि शिवपुरी–७ सुर्यचौरमा ‘प्रथम आरडब्लु समरस्ल्याम रिङ रेस्लिङ प्रतियोगिता’ र दुप्चेश्वर मन्दिर परिसरमा ‘दोस्रो आरडब्लु समरस्ल्याम रिङ रेस्लिङ प्रतियोगिता’ गरेको थियो । यस्तै, शिबपुरी–६स्थित गुर्जेमा रिङ रेस्लिङ प्रतियोगिता सम्पन्न गरेको थियो । रासस