१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजारलाई स्वच्छ र मर्यादित बनाउन अनुमगन जारी



अ+ अ-

काठमाडौँ। बजारलाई स्वच्छ, मर्यादित बनाउन नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन ५६ फर्ममा अनुमगन गरेको छ ।

विभागले उपलब्ध गराएको विवरणअनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन एवम् कारवाही गरिएको छ ।

काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न फर्म तथा व्यवसायमा विभागले अनुमगन गरेको थियो । उल्लेख्य रूपमा फर्म तथा व्यवसायमा अनुमगन गरिएको र सुधारात्मक निर्देशन दिइएको विभागले शुक्रबार उल्लेख गरेको छ ।

कलाबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरण नियन्त्रण तथा अधिकत्तम खुद्रा मूल्य कायम गरे नगरेको विषयमा विभागले नियमित बजार अनुमगन गर्दै आएको छ । बिहीबार ५१ फर्ममा अनुमगन गरेको विभागले शुक्रबार ५६  फर्ममा अनुमगन गरेको उल्लेख गरेको छ ।  रासस