१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारसम्बन्धी समस्या ‘अनलाइन पोर्टल’मार्फत दर्ता गराउन आग्रह



अ+ अ-

काठमाडौँ। संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक रोजगारसँग सम्बन्धित समस्या अनलाइन पोर्टलमार्फत दर्ता गराउन आग्रह गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको खोजतलास, उद्धार, क्षतिपूर्ति निवेदन तथा विदेशमा मृत्यु भएका नेपालीको शव नेपाल पठाउने प्रक्रियालगायतका समस्या समाधान गर्न कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरद्वारा केही समय अगाडि सञ्चालनमा ल्याइएको अनलाइन पोर्टलमार्फत दर्ता गराउनु अनुरोध गरेको हो ।

दूतावासले आज सूचना जारी गरेको थियो । सो सूचना अनुसार निवेदन दर्ता गर्नका लागि खोजतलास, उद्धारको हकमा खोजतलास गर्नुपर्ने व्यक्तिको राहदानी, इमिरेट्स कार्डको प्रतिलिपि, कार्यरत इमिरेट्स र कुन कम्पनीमा काम गर्ने हो सो कम्पनिको विवरण, निवेदन दिने व्यक्तिसँगको नाता र सम्पर्क नम्बर, क्षतिपूर्तिसँग सम्बन्धित निवेदन कानुनी हकवाला व्यक्तिले स्थानीय तह वा कन्सुलर विभागबाट मात्र दिन सक्ने व्यवस्था गरिएको दूवावासले जनाएको छ ।  रासस