१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन सुरु



अ+ अ-

काठमाडौं। ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आजदेखि सुरु भएको छ ।

उक्त सम्मेलनको प्रा डा वासुदेव त्रिपाठीले नेपाल तथा भारतका २७ जना प्राज्ञलाई सम्मेलनको प्रतीक चिह्न र सम्मेलनबारेका कृति प्रदान गर्दै शुभारम्भ गर्नुभयो ।

सम्मेलन तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ । सम्मेलनमा नेपाल तथा भारतका विश्वविद्यालयबाट नेपाली भाषा, साहित्यमा विद्यावारिधि गरेका प्राध्यापकहरूको सहभागिता रहेको छ ।

नेपाली भाषा साहित्यको विकास र विस्तारबारे अध्ययन हुन बाँकी पक्षहरूका साथै उच्च शिक्षाका कतिपय अनिर्णित रहेका समेत सवालहरूको परिपूर्तिका निम्ति नइले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को आयोजना गर्नुपरेको नइका कुलपति इन्दिरा प्रसाईँले जानकारी दिनुभयो ।

सम्मेलनमा उच्च शिक्षामा नेपाली भाषा साहित्यको अध्यापन तथा अनुसन्धान गरिने भारतका १३ वटा विश्वविद्यालय र नेपालका छवटा विश्वविद्यालयका कार्यपत्र प्रस्तुत गरिने जनाइएको छ । सम्मेलनको पहिलो दिन सहभागी प्राज्ञहरूले आआफ्ना विश्वविद्यालयबारे चर्चा गर्नुभएको थियो । रासस