८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय

गरिबी र बेरोजगारीका कारण चोरी पैठारी : अर्थसचिव उपाध्याय
अ अ+ अ-

बाँके। अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्यायले गरिबी, बेरोजगारी र खुला सीमाका कारण चोरी पैठारी हुने गरेको बताउनुभएको छ ।

अर्थ मन्त्रालयको राजस्व परामर्श समितिले आज यहाँ आयोजना गरेको सुझाव सङ्कलन तथा अन्तक्र्रियामा उहाँले व्यक्तिगत नाफा वा घाटाभन्दा माथि उठेर एकले अर्कालाई सहजीकरण गर्न आवश्यक भएको बताउनुभयो । सचिव उपाध्यायले कर्मचारीतन्त्रमा कुनै समस्या रहेमा बताउन आग्रह गर्दै सबै सुधारिन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निकासी करको विषय हामीलाई महसुस भएको छ, तर यसलाई कानुनी रूपमा सम्बोधन गर्न केही समय लाग्छ ।”

उद्योगी, व्यापारी तथा व्यवसायीका अवाञ्चित गतिविधिलाई राज्ले निगरानी गर्ने कुरामा जोड दिँदै सचिव उपाध्यायले अवाञ्चित गतिविधि राज्यले सहन नसक्ने उल्लेख गर्नुभयो । खुला सीमाका कारण आउने समस्यामध्ये झोले, पोकेको डम्पिङ कहाँ भएको छ त्यसको निगरानीसमेत बढाउन आग्रह गर्दै सचिव उपाध्यायले वास्तविक व्यवसायी तथा व्यापारीको संरक्षण आवश्यक भएको धारणा व्यक्त गर्नुभयो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले चोरीपैठारी हुनुमा प्रवृत्तिगत समस्या रहेको उल्लेख गर्दै चोरीपैठारी गरेर ल्याउने सामान गुणात्मक ढङ्गले पक्राउ गर्न सफल भएको जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले खुला सीमाका कारण ८० प्रतिशत सामानको तस्करी हुने गरेको उल्लेख गर्दै राज्यलाई राजस्व तिरेपछि त्यसको सुविधा पनि व्यवसायीले पाउनुपर्ने माग गर्नुभयो ।

जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्माले निकासी कर १०० प्रतिशत लगाउनु व्यावहारिक नभएको टिप्पणी गर्नुभयो । खाद्य उद्योगी प्रदीप छाछेडले कच्चा पदार्थ र तयारी मालमा लगाउने भन्सार दर एउटै हुन नहुने बताउनुभयो ।

अटो व्यवसायी सङ्घका अध्यक्ष नरेन्द्र ओलीले कर्मचारीको सेटिङमा तस्करी मौलाएको आरोप लगाउँदै गाडीका पार्ट घरघरमा आउन थालेको बताउनुभयो ।

गार्मेन्ट व्यवसायी कस्मिरा खातुनले निजी विद्यालयका डे«स भारतमा गएर किन्नुपर्ने बाध्यताको अन्त्य हुन जरुरी भएकामा जोड दिँदै ती डे«स नेपालगन्ज बजारमा उपलब्ध भएको बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घ नेपालगन्जका कार्यवाहक अध्यक्ष हरिलाल न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पदमकुमार श्रेष्ठ, उद्योगी तथा व्यवसायीहरू अजयकुमार टण्डन, भुवन गैरे, सन्देश सोनी सञ्जय अग्रवाललगायतले भन्सार महसुल तथा राजस्वका विषयमा धारणा राख्नुभएको थियो । रासस