८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

संसदमा हर्क राईको गर्जनः ‘दार्चुलाको अवस्था देखेर रोएर आएँ, तुइन विस्थापित गर्न मन्त्रीहरू त्यहाँ पुगुन्’

संसदमा हर्क राईको गर्जनः ‘दार्चुलाको अवस्था देखेर रोएर आएँ, तुइन विस्थापित गर्न मन्त्रीहरू त्यहाँ पुगुन्’
अ अ+ अ-

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले दार्चुलाको विकट अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उपसभामुखको निर्वाचन प्रक्रियामा सहभागी हुँदै अध्यक्ष राईले आफ्नो हालैको दार्चुला भ्रमणको स्मरण गर्दै अध्यक्ष राईले दार्चुलाको विकट अवस्थाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो ।

आफूले त्यहाँको अवस्था देखेर रोएर आएको बताउनु भयो । ब्यास गाउँपालिकाको दुम्लिङसम्म पुग्दा बाटो नभएर मान्छे महाकालीमा तुइनबाट खसेर मर्ने अवस्था रहेको उहाँको भनाइ छ । तुइनमा नझरेको कुनै घर परिवार नै नरहेको उहाँले बताउनु भयो ।

उहाँले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री र गृहमन्त्रीलाई दार्चुलाको ब्यास क्षेत्रमा स्थलगत भ्रमण गर्न र त्यहाँका जनताको पीडा बुझ्न रोस्ट्रमबाटै आग्रह गर्नुभयो ।

सम्बोधनका क्रममा राईले संसदभित्र प्रयोग हुने शब्द र व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । केही सांसदहरूले उपसभामुख उम्मेदवार रुवीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर सम्बोधन गरेकोमा आपत्ति जनाउनु भयो ।

त्यस्तै, ज्येष्ठ नागरिकका विषयमा अपमानजनक शब्द प्रयोग नगर्न आग्रह गर्दै उहाँले प्रकृतिको नियमअनुसार सबै बुढो हुने भएकाले उमेरलाई लिएर उपहास नगर्न सचेत गराउनु भयो ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराउँदै राईले विना कारण उडान (फ्लाइट) ढिलो गर्ने विमान कम्पनीहरूलाई जरिवाना गर्नुपर्ने माग राख्नुभयो ।

संसदमा समर्थन जनाउँदा टेबल र कुर्सी ठोक्ने परम्परालाई ‘अमर्यादित’ भन्दै उहाँले त्यसको साटो दुई हातले ताली बजाउने संस्कृति शुरु गर्न प्रश्ताव गर्नुभयो । –न्युज एजेन्सी नेपाल