२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

सिर्जना पौडेल केसीको हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिक

सिर्जना पौडेल केसीको हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिक
अ अ+ अ-

कास्की: कास्की प्रहरीले सिर्जना पौडेल केसीको हत्यामा संलग्न दुई मुख्य अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित सभागृह चोक नजिकै घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) नविन कार्कीले पत्रकार सम्मेलनमार्फत घटनाको विस्तृत विवरण र अभियुक्तहरूको पहिचान सार्वजनिक गर्नुभएको हो ।

गत चैत २७ गते साँझ करिव ७ः०६ बजे सिर्जना पौडेल केसी आफ्नो मासु पसल बन्द गरेर पैदल घरतर्फ जाँदै गर्दा पोखरा–बागलुङ सडक खण्डको शिवालय चोक नजिकै उनीमाथि धारिलो हतियार (खुकुरी) प्रहार भएको थियो । अभियुक्तहरूले दिउँसोदेखि नै निगरानी गरेर एकान्त र अँध्यारो ठाउँ रोजेर पछाडिबाट आक्रमण गरेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको मुख्य कारण पारिवारिक झैझगडा र अंश मुद्दा रहेको खुलेको छ । मृतक सिर्जनाले ९ वर्षअघि कृष्ण क्षेत्रीसँग दोस्रो विवाह गरेकी थिइन् ।

उहाँले भन्नुभयो, ‘हामीले विभिन्न म्यानुअल्ली र टेक्निकल्ली विश्लेषण गरेर सुक्ष्म रुपले सूचनाहरु संकलन गरी अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएका छौँ । यो एक योजनावद्ध हत्या भएको देखिन्छ ।’

कृष्णका जेठी श्रीमतीतर्फका छोराछोरी र सिर्जनाबीच सम्पतीको विषयमा विवाद रहेको देखिएको एसपी कार्कीले जानकारी दिनुभयो ।- न्युज एजेन्सी नेपाल