८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

हर्मुजमा पारवहन शुल्कलाई लिएर ट्रम्पद्वारा इरानलाई चेतावनी

हर्मुजमा पारवहन शुल्कलाई लिएर ट्रम्पद्वारा इरानलाई चेतावनी
अ अ+ अ-

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार इरानलाई हर्मुज जलडमरूमध्यबाट गुज्रिने ट्याङ्करहरूबाट शुल्क लिन बन्द गर्न चेतावनी दिनुभएको छ ।

यदि इरानले त्यस्तो शुल्क उठाइरहेको छ भने उसले तत्काल रोक्नुपर्ने ट्रम्पको भनाइ छ । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै ट्रम्पले इरानले हर्मुज जलडमरूमध्य भएर जाने ट्याङ्करहरूबाट शुल्क लिइरहेको रिपोर्टहरू आएको र त्यसो नगर्नु नै उनीहरूको लागि राम्रो हुने बताउनु भयो ।

यसअघि बुधवार ट्रम्पले एबीसी न्युजसँग कुरा गर्दै विश्वको करिव २० प्रतिशत तेल ढुवानी हुने यस महत्वपूर्ण जलमार्गबाट गुज्रिने जहाजहरूबाट टोल (शुल्क) उठाउन इरानसँग संयुक्त उपक्रम स्थापना गर्नेबारे विचार गरिरहेको बताउनुभएको थियो ।

उहाँले यस प्रश्तावलाई एक सुन्दर पक्षको संज्ञा दिनुभएको थियो । द वाल स्ट्रिट जर्नल’को बिहीवारको रिपोर्ट अनुसार, इरानले सो जलडमरूमध्य भएर जाने तेल ट्याङ्करहरूलाई प्रति ब्यारेल १ अमेरिकी डलर पारवहन शुल्क तिर्न माग गरिरहेको छ ।

हाल सो जलमार्गमा सामुन्द्रिक आवागमन निकै न्युन छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल