२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन समग्र सहर समेटेर गर्नुपर्छ’ डा लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भोटखोलावासीद्वारा तल्लो बरुण जलविद्युत् आयोजना रोक्न माग पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन म जहिल्यै हार्नेको सर्पोटर ! यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका–इरान युद्धविरामको खुसीयाली मनाउन बग्दादमा भेला



अ+ अ-

काठमाडौँ। अमेरिका र इरानबीच भएको दुई हप्ते युद्धविराम सम्झौताको खुशीयाली मनाउन राजधानी बग्दादका सडकमा सयौं इराकीहरू उत्रिएका छन् ।

इरानी दूतावास नजिकै भेला भएको भीडले इराकी र इरानी झण्डा फहराउँदै इरानप्रति ऐक्यवद्धता जनाएका थिए । प्रदर्शनकारीहरूले अमेरिका र इजरायल विरोधी नाराहरू समेत लगाएका थिए ।

यो युद्धविरामले क्षेत्रमा बढ्दो तनावलाई कम गर्ने अपेक्षा गरिएको छ । दुवै देशका प्रतिनिधिहरूले आगामी दुई हप्तासम्म कुनैपनि सैन्य गतिविधि नगर्ने सहमति जनाएका छन् ।

बग्दादका स्थानीय बासिन्दाहरूले यस कदमलाई शान्तिको दिशामा एक सकारात्मक शुरुवातको रूपमा लिएका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल