१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलकाताविरुद्ध लखनउको जित



अ+ अ-

काठमाडौँ। इन्डियन प्रिमियर लिग (एनपिएल ) मा लखनऊ सुपर जायन्ट्स ले रोमाञ्चक जित निकालेको छ। लखनऊले कोलकाता नाइट राइडर्स लाई ३ विकेटले हरायो।

इडेन गार्डेनमा बिहीबार राति भएको अन्तिम बलसम्मको प्रतिष्पर्धामा मुकुल चौधरीले विष्फोटक ब्याटिङ गरेपछि कोलकाता घरेलु मैदानमै स्तब्ध बनेको हो ।

कोलकातास्थित इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकता नाइट राइडर्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८१ रन बनाएको थियो। जवाफी ब्याटिङमा आएको लखनउ सुपर जायन्ट्सले ७ विकेटको क्षतिमा अन्तिम ओभरको अन्तिम बलमा लक्ष्य पूरा गर्दै जित दर्ता गरेको हो।

लखनउको जितका नायक बनेका मुकुल चौधरीले मात्र २७ बलमा २ चौका र ७ छक्काको मद्दतले अविजित ५४ रन बनाए । उनले अन्तिम ओभरमा आवश्यक १४ रन बनाउँदै टोलीलाई महत्वपूर्ण दुई अंक दिलाए । लखनउका लागि आयुष बदोनीले ५४ र एडेन मार्करमले २२ रनको योगदान दिएका थिए ।

बलिङतर्फ कोलकाताका वैभव अरोरा र अनुकुल रोयले २–२ विकेट लिए पनि अन्तिम ओभरमा रन रोक्न नसक्दा हार बेहोर्नुपर्‍यो ।

यसअघि कोलकाताका लागि अंगकृष रघुवंशीले सर्वाधिक ४५ रन बनाए भने कप्तान अजिंक्य रहाणेले ४१ रनको योगदान दिए । त्यस्तै, रोभम्यान पावेलले ३९ र क्यामरुन ग्रीनले ३२ रन जोडे पनि त्यो स्कोर जितका लागि पर्याप्त हुन सकेन ।

लखनउका दिगभेष राठी, मनिमारन सिद्धार्थ र आवेश खानले १–१ विकेट लिए । आक्रामक ५४ रन जोडेका लखनउका मुकुल चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

यो जितसँगै पाँचौं स्थानको लखनउले तीन खेलबाट चार अंक जोडेको छ। कोलकाता भने चार खेल खेल्दा एक अंकसहित नवौं स्थानमा छ ।