८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बङ्गलादेशमा विद्यार्थी नेता सइदको हत्या अभियोगमा दुई प्रहरीलाई मृत्युदण्डको सजाय

बङ्गलादेशमा विद्यार्थी नेता सइदको हत्या अभियोगमा दुई प्रहरीलाई मृत्युदण्डको सजाय
अ अ+ अ-

ढाका। बङ्गलादेशले विद्यार्थी नेता अबु सइदको हत्याको आरोपमा दुई पूर्व प्रहरीलाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ ।

उहाँले पूर्व प्रधानमन्त्री शेख हसिनाको निरंकुश सरकार अपदस्थ गर्ने सन् २०२४ को विद्रोहलाई नेतृत्व गर्नुभएको थियो ।

सइदको उत्तरी शहर रङ्गपुरमा २३ वर्षको उमेरमा मृत्यु भएको थियो । उक्त प्रदर्शनमा प्रहरीको दमनमा मारिएका उहाँ पहिलो विद्यार्थी नेता हुनुहुन्थ्यो ।

सन् २०२४ जुलाई १६ मा नजिकैबाट प्रहरीले गोली हान्नु अघि उहाँले हात फैलाएर उभिएकोे अन्तिम क्षणको फुटेज हसिनाको पतनपछि बङ्गलादेशी टेलिभिजनमा पटक पटक देखाइएको (भाइरल बनेको) थियो ।

अभियोजनकर्ताहरूले हत्याको सम्बन्धमा ३० जनालाई अभियोग लगाएका थिए, जसमा हत्यादेखि कमान्ड जिम्मेवारी र आपराधिक उद्यम समावेश थियो। मृत्युदण्डको सजाय सुनाइएका दुई व्यक्तिहरूसहित केवल छ जना हिरासतमा छन्।

मुख्य अभियोजक अमिनुल इस्लामले सञ्चारकर्मीहरूसँग भन्नुभयो, “सइदले देशलाई निरङ्कुश शासनबाट मुक्त गर्न आफ्नो जीवन बलिदान दिनुभएको थियो । उहाँको हत्यामा अभियोग लगाइएका सबै ३० जनालाई दोषी ठहराइएको छ ।”

जिल्ला प्रहरी कार्यालयका अमिर हुसेन र सुजनचन्द्र रोयलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उनीहरूका वकिल अजिजुल हक दुलुले पत्रकारहरूसँग उनीहरूको तफैबाट आफूले अपिल दायर गर्ने बताउनुभएको छ।

अदालतले सइद अध्ययनरत बेगम रोकिया विश्वविद्यालयका उपकुलपतिसहित अन्य २८ जनालाई जेल सजाय सुनाएको छ ।

हसिनाको अवामी लिगको विद्यार्थी शाखा हाल प्रतिबन्धित बङ्गलादेश छात्र लिगका एक नेतालाई पनि सजाय सुनाइएको छ।

केहीले १० वर्षसम्म जेल सजाय भोग्नुपर्ने भए पनि सइदका भाइ रमजान अली र शहिद सइदका परिवारले दोषीलाई कडा सजाय हुनुपर्ने बताएका छन्।

उहाँले एएफपीसँग भन्नुभयो, “अदालतले वरिष्ठ प्रहरी अधिकारी र छात्र लिगका नेतालाई हल्का सजाय सुनाएको छ । हामी यसविरूद्ध अपील दायर गर्नेछौँ।  (रासस/एएफपी)