१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशसभा : संशोधन विधेयकको प्रतिवेदन पेस



अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन पहिलो संशोधन विधेयक २०८२’ उपर सम्बन्धित समितिमा छलफल भई तयार परिएको प्रतिवेदन पेस गरिएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह विष्टले समितिमा दफावार छलफल भई तयार पारिएको उक्त संशोधन विधेयकको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐनको कार्यान्वयनसँगै कर्मचारी क्षेत्रबाट असन्तुष्टि बढेपछि सरकारले संशोेधन विधेयक ल्याएको हो । ऐन कार्यान्वयनबाट सीमित कर्मचारीलाई मात्र फाइदा पुगेको बताउँदै असन्तुष्ट कर्मचारीहरुले अदालतमा मुद्दा दर्तासमेत गरेका थिए ।

आजको बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्टले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य ऐन २०७६’ लाई संशोधन गर्न बनेको विधेयक टेबुल गर्नुभयो ।

मन्त्री भट्टले दलित सशक्तिकरण ऐन २०७८ लाई संशोेधन गर्न बनेको विधेयकमाथि परेका संशोधनसहित दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भनी पेस गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । रासस