८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

भेपमार्फत सुन तस्करी प्रकरणः पूर्वसभामुख महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै आठ करोड बिगो माग

भेपमार्फत सुन तस्करी प्रकरणः पूर्वसभामुख महरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, झन्डै आठ करोड बिगो माग
अ अ+ अ-

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) भित्र लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिहीवार पूर्वसभामुख महरा, उनका छोरा राहुल महरा, सहसचिव अरुण पोखरेल, चार विदेशी नागरिक तथा एक नेपाली कम्पनीसहित २९ जना अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको अदालतका उपरजिस्ट्रार एवं प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिनुएको हो ।

अख्तियारले उनीहरुसँग ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा बिगो दाबी गरेको पनि लामिछानेले जानकारी दिनुभयो ।

प्रवक्ता लामिछानेकाअनुसार मुद्दामा संलग्नलाई ‘मुख्य मतियार’ र ‘कसुरका सहयोगी’ गरी दुई वर्गमा विभाजन गरेर अभियोगपत्र दायर गरिएको छ ।

मुद्दामा उनीहरुले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत भेपको आवरणमा ८ किलोग्रामभन्दा बढी सुन भित्र्याई भन्सार छली, हिनामिना तथा गैरकानुनी रूपमा रूपान्तरण र हस्तान्तरण गरिएको अभियोग लगाइएको छ ।

महरासहितका प्रतिवादीहरुले उक्त कार्यमार्फत राज्यलाई नोक्शानी पु¥याई व्यक्तिगत लाभ लिएको अख्तियारले दाबी गरेको पनि प्रवक्ता लामिछानेले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिगो ७ करोेड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा कायम गरी जना चार विदेशी नागरिक, एक नेपाली कम्पनी र २४ जना नेपाली गरी जम्मा २९ जना उपर नागरिक मुद्दा दायर भएको छ । सार्वजनिक सम्पतीको हिनामिना हानि नोक्सानी गरि भ्रष्टाचार गरेको भन्ने नै मुद्दा हो ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थल भनसार कार्यालयमा विदेशबाट आएको सुन ८४८० दशमलव ५१५७०४ ग्राम सुनको भन्सार छली हानिनोक्सानी, हिनामिना रुपान्तरण तथा हस्तान्तरण गरेको हुनाले त्यो सुनको कायम हुन आउने मूल्य ७ करोड ७८ लाख ६८ हजार ९५ र १९ पैसा छली गरेर राज्यलाई हानी नोक्शानी र व्यक्तिलाई फाइदा पु¥याएको भन्ने मुख्य आरोपसहित २९ जना प्रतिवादी उपर आरोप पत्र दायर भएको छ ।

मुख्य मतियारहरु र मुख्य कसुरका मतियारहरु गरेर दुइटा क्याटगोरीमा छुट्याएर आरोप पत्र दायर भएको छ ।’ २०७९ सालमा चिनियाँ समूहले भेपमार्फत सुन तस्करी गर्दा महरा र उनका छोराको कनेक्सन भेटिएको थियो । –न्युज एजेन्सी नोपल