२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

ललितपुरको मंगलबजारमा खुडा प्रहार प्रकरण : दुईको मृत्यु, दुई पक्राउ

ललितपुरको मंगलबजारमा खुडा प्रहार प्रकरण : दुईको मृत्यु, दुई पक्राउ
अ अ+ अ-

काठमाडौं । ललितपुरको मंगलबजार क्षेत्रमा भएको खुडा प्रहार घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको हो।

प्रहरीका अनुसार ललितपुर महानगरपालिका–१२ मंगलबजारस्थित कृष्ण मन्दिर अगाडि दुई पक्षबीच कुटपिट तथा खुडा प्रहार भएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइतेहरूलाई तत्काल उद्धार गरी बि एण्ड बि अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा भाग्दै गरेका संजिव नेपालीलाई खुडा सहित नियन्त्रणमा लिइएको तथा उनका सहयोगी गगन सुनारलाई पनि पक्राउ गरिएको प्रहरीको भनाइ छ।

प्रारम्भिक अनुसन्धानअनुसार सामाजिक सञ्जालमार्फत चिनजान भएका युवाहरूबीच भेटघाटका क्रममा सामान्य विवाद चर्किँदै हिंसात्मक झडपमा परिणत भएको देखिएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट प्रहरीले खुडा, फलामे नक्कल, स्कुटर र मोबाइल फोनसमेत बरामद गरेको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।