८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

५५ लाख लागतमा खेलमैदान निर्माण

५५ लाख लागतमा खेलमैदान निर्माण
अ अ+ अ-

म्याग्दी। मालिका गाउँपालिका–६ डाँडागाउँमा पाखो सम्माएर हिमाली युवा क्लवको सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ ।

रु ५५ लाख ६५ हजार ५५५ को लागतमा भवन र खेलमैदान निर्माण भएको हो । सरकारी निकायको अनुदानको तुलनामा दोब्बर बढी समुदायस्तरबाट सहयोग र श्रमदान जुटाएर खेलमैदान र भवन निर्माण गरिएको क्लबका अध्यक्ष टुकमान जुग्जालीले जानकारी दिनुभयो ।

“खेलमैदान र भवन निर्माण भएको ठाउँ यसअघि भिरालो पाखा थियो”, उहाँले भन्नुभयो, “डोजर लगाएर करिब ६० मिटर जमिन खारेर डिलमा पर्खाल बनाएर सम्माइएको हो ।” ६३ मिटर लम्बाइ र ३२ मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको हो । खेलमैदानको परिसरमा दुई कोठे भवन, ‘स्टेज’ र सार्वजनिक शौचालयसहितको भवन निर्माण भएको छ ।

डाँडागाउँमा यसअघि खेलमैदान नहुँदा खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न समस्या भएको थियो । सामुदायिक भवनमा भेला, बैठक, तालिम, गोष्ठी, सभा, समारोह र भोजभतेर सञ्चालन गर्न सहज भएको छ । क्लबले १५ वर्षअघि सुरु गरेको खेलमैदान निर्माण कार्यले अहिले पूर्णता पाएको हो ।

मालिका गाउँपालिकाबाट रु १७ लाख र गण्डकी प्रदेश सरकारबाट रु १२ लाख सहयोग प्राप्त भएको खेलमैदान र भवन निर्माणका लागि हिमाली युवा क्लबले रु चार लाख ७६ हजार बराबरको श्रमदान र फुलपाती आमा समूहले रु तीन लाख नगद सहयोग गरेका छन् ।

सुवास गर्बुजा, सविन पुन, रविन पुन, डाइमण्ड जुग्जाली, अमृत जुग्जाली, इन्द्र पुन, चकबहादुर पाइजा, सुरज जुग्जाली, चित्र पाईजा, गमबहादुर जुग्जाली, मन्दीप÷सन्दीप÷रघु जुग्जाली र लकमन पुनले रु एक÷एक लाख सहयोग गर्नुभएको क्लवबा सचिव रोहन जुग्जालीले जानकारी दिनुभयो ।

रत्नसिंह गर्बुजाले रु ५५ हजार ५५५, माइकल पाईजा, सुर्ज÷रेशम जुग्जाली, तिर्थमान÷सज्जन जुग्जाली, नारायण जुग्जाली, रुविन जुग्जाली, जीवन पुनले रु ५०÷५० हजार, कर्ण जुग्जालीले रु ३१ हजार, प्रवीन रानाले ३१ हजार, खिमबहादुर जुग्जालीले रु १७ हजार र रमेश पाईजाले रु पाँच हजार सहयोग गर्नुभएको क्लबले जनाएको छ ।

खेलमैदानको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र भवनको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले बुधबार उद्घाटन गर्नुभयो । कार्यक्रममा सांसद जुग्जालीले ग्रामीण क्षेत्रमा पूर्वाधार विकासले तीव्रता पाए पनि जनसङ्ख्या घट्नु र बसाइँसराइ बढ्नु चुनौती बनेकोमा चिन्ता व्यक्त गर्दै पर्यटन र कृषिमा आधारित उद्यम, व्यवसायमा लाग्न सुझाव दिनुभयो ।

भवन र खेलमैदान उद्घाटनका साथै नयाँ वर्षको अवसरमा क्लबका संस्थापक कासिराम जुग्जाली स्मृति प्रथम कप आयोजना गरिएको छ । भलिबल, फुटसललगायतका प्रतियोगिता सञ्चालन हुने क्लबले जनाएको छ । शुभारम्भ कार्यक्रममा सहयोगदातालाई सम्मान गरिएको थियो । रासस