१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिसस खोटाङद्वारा व्यक्ति तथा संस्था सम्मानित



अ+ अ-

खोटाङ। खोटाङस्थित जिल्ला समन्वय समितिले विभिन्न क्षेत्रमा योगदान गर्ने १० जना व्यक्ति तथा नौ वटा संस्थालाई सम्मान गरेको छ ।

जिसस खोटाङले आफ्नो दशौँ जिल्लासभा, सङ्घीय तथा प्रदेश सरकारअन्तर्गतका सरकारी कार्यालय र जिल्लास्थित १० वटै स्थानीय तहले गरेका कार्यक्रमको अर्धवार्षिक समीक्षाको अवसर पारेर आज ती व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा नेपाल पत्रकार महासङ्घका निवर्तमान जिल्ला अध्यक्ष दिलीप खत्री, खेलकुद प्रतिष्ठान नेपाल खोटाङका अध्यक्ष सञ्जयकुमार राई, जिल्ला फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राई, सिर्जनशील नेपाली कागज उद्योग सञ्चालक जयनारायण राई, सिनियर अहेब राजकिशोर साह, खेलाडी रोसेश श्रेष्ठ, निर्माण व्यवसायीहरु महेश रेग्मी र जोसेफ रिजाल, अगुवा कृषक सरला राई र जीवनाथ आचार्य छन् ।

संस्थातर्फ दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका, जन्तेढुङ्गा, साकेला, रावाबेंसी र केपिलासगढी गाउँपालिका, दिक्तेल अङ्ग्रेजी आवासीय विद्यालय, एरिया वेलफेयर अफिस तथा शुभद्रा–मदन फाउण्डेसन रहेका छन् ।

सम्मानित व्यक्ति तथा संस्थालाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवं श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभएको छ ।

विभिन्न क्षेत्रबाट जिल्लाको समग्र विकास, सेवा प्रवाह र सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान पु-याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको जिसस खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिनुभयो ।  रासस