१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरोकारवाला भन्छन्–गैरसरकारी संस्थाकोे दिगोपनाका लागि अन्तरपुस्तागत सहकार्य जरुरी



अ+ अ-

काठमाडौँ। सामाजिक न्यायका क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरू (एनजीओ/आईएनजीओ)ले विगतको जस्तै कार्यशैली गैरसरकारी संस्थाहरु अब अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै आफ्नो कार्यशैली र पारदर्शितामा सुधारको आवश्यकता रहेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित ‘सामाजिक न्यायका लागि गैरसरकारी संस्थाको भूमिका, जवाफदेहिता र पारदर्शिता’ विषयक अन्तरक्रिया बोल्दै गैरसरकारी संस्थाका प्रतिनिधिहरुले यस्तो धारणा राखेका हुन् ।

एनजीओ क्षेत्रप्रति जनविश्वास घट्दै गएको उनीहरुको स्वीकारोक्ति छ । केही संस्था र व्यक्तिको कार्यशैलीका कारण समग्र क्षेत्र बदनाम भन्दै उनीहरुले सामाजिक न्याय र मुलुकको बृहत्तर हितका सवालमा अझै सशक्त हुन आवश्यक रहेको उनीहरुको भनाइ छ ।

लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष डिल्लीराम गिरीले विगतको शैलीमा एनजीओ सञ्चालन गरेर जनतामाझ प्रभावकारी उपस्थिति जनाउन नसकिने धारणा राख्नुभयो । उहाँले विगतमा सामाजिक न्यायको क्षेत्रमा एनजीओहरुले महत्वपूर्ण योगदान गरेको भएपनि सरकारको तर्फबाट पर्याप्त सहयोग नपाएको भन्दै असन्तुष्टि जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘जतिपनि एनजीओ, आईएनजीओ छौँ । हामी लामो समयदेखि काम गर्दै आइरहेका छौँ । हाम्रो क्षेत्र पनि त्यति ठिक छ जस्तो मलाई लाग्दैन । हामीभित्र पनि सुध्रिनुपर्ने धेरै कुरा छन् । हाम्रा गतिविधि सुधार्न जरुरी छ । २०४८, ४९ सालतिरको जस्तो तरिकाले एनजीओ चलाएर जनताको बिचमा जानसक्ने अवस्था छैन । अहिले निश्चित संस्था र निश्चित व्यक्तिहरुको कारणले आज यो क्षेत्र नै बदनाम भएको छ ।

हामी महिला, बालबालिका जेष्ठ नागरिकदेखि यत्रो क्षेत्रमा काम गर्छौँ । तर पनि जुनप्रकारको प्रतिक्रिया पाउनुपर्ने हो हामीले पाइरहेको अवस्था छैन । सरकार आफैंले सहयोग गरिरहेको छैन ।  त्यसकारण हामीले सरकारलाई प्रश्न गर्न आवश्यक छ, के हामी ‘युज एण्ड थ्रो’ भएका हौँ ?’

गैरसरकारी संस्था महासंघका अध्यक्ष अर्जुन भट्टराईले एनजीओ क्षेत्रमा पुस्तान्तरणसँगै अन्तरपुस्तागत सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले युवापुस्तालाई समेटेर अघि बढ्न नसके कुनैपनि गैरसरकारी संस्था दिगो नहुने बताउनु भयो । उहाँले  गैरसरकारी संस्था सम्बन्धी कानुन संशोधनमार्फत एनजीहरुको काम, कर्तव्य र अधिकार स्पष्ट बनाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले अब नयाँ पुस्ता र युवाहरुलाई समेत साथैमा नलिइकन अगाडि बढ्न सक्दैनौँ । त्यसकारण म सबै गैरसरकारी महासंघहरुलाई के अनुरोध गर्न चाहन्छु भने अन्तरपुस्तालाई हामीले सँगै लिएर कसरी जाने ? भन्ने बारेमा सोचौँ । पुस्तान्तरण गरेर मात्र हुदैन ।

हामीले पाँच वटै पुस्तालाई मिलाएर कसरी जान सकिन्छ भन्ने हेरौँ । हामीले यो विषयमा तयारी पनि गरिरहेका छौँ । ऐन कस्तो बनाउने, २०४३ सालको ऐनमा रहेका कुन कुन बुँदामा हामीले संशोधन गर्ने लगायतका कुराहरुमा पनि हामीले तयारी गरिरहेका छौँ ।’

गैरसरकारी संस्थाहरुको समयानुकूल सुधारका पारदर्शी र जवाफदेही कार्यसम्पादन आवश्यक रहेको अधिकांशको भनाइ छ । –न्युज एजेन्सी नेपाल