८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

वैशाख २ गतेदेखि देशभर ५ हजार कर्मचारी आर्थिक गणनाको लागि परिचालन हुँदै

वैशाख २ गतेदेखि देशभर ५ हजार कर्मचारी आर्थिक गणनाको लागि परिचालन हुँदै
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी वैशाख २ गतेदेखि देशभर करिब ५ हजार कर्मचारी परिचालन गरी राष्ट्रिय आर्थिक गणना शुरु गर्ने भएको छ ।

निजी र सरकारी सहकार्यको मोडेलमा सञ्चालन हुन लागेको यस गणनाले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा विभिन्न क्षेत्रको योगदानको यथार्थ चित्र प्रश्तुत गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणनाको लागि निजी क्षेत्रले उल्लेखनीय सहयोग रहेको जनाएको छ ।

बुधवार राष्ट्रिय आर्थिक गणनाको लागि नेपाल पत्रकार महासंघसंगको सहकार्य सम्बन्धी छलफलमा कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले आर्थिक गणनाको लागि निजी क्षेत्रले उल्लेखनीय सहयोग गरेको बताउनु भयो ।

उहाँकाअनुसार यसपटकको आर्थिक गणनालाई निजी–सरकारी सहकार्य मोडेलमा अघि बढाइएको छ । उहाँले आर्थिक गणनालाई प्रभावकारी बनाउन विभिन्न निजी क्षेत्रका संस्थासँग सहकार्य गरिएको जानकारी दिनुभयो ।

नेपाल उद्योग परिसंघ र बैंकर्स एशोसिएशनसँग सम्झौता भईसकेको उहाँले बताउनु भयो । परिसंघसंग तथ्याङ्क आदानप्रदान, विश्लेषणमा सहकार्य, वित्तीय साक्षरता अभिवृद्धि तथा पाँच वर्षसम्म तथ्याङ्कसम्बन्धी सहयोग गर्नेगरी सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघले पनि सहकार्य गर्न इच्छा देखाएको उहाँको भनाई छ । निजी क्षेत्र आफैँले तथ्याङ्क संकलनमा सहयोग गरिरहेको उल्लेख गर्दै उहाँले विगतको तुलनामा अहिलेको सहभागिता निकै सकारात्मक भएको बताउनु भयो ।

कार्यालयले सञ्चार क्षेत्रसहित विभिन्न आर्थिक क्षेत्रको योगदानलाई समेट्ने गरी विस्तृत गणना गर्न लागेको जनाएको उहाँको भनाई छ । संचार क्षेत्रका प्रतिष्ठानहरूले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पु¥याएको योगदानको यथार्थ चित्र प्रश्तुत गर्न आर्थिक गणनाले महत्वपूर्ण भुमिका खेल्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आर्थिक गणनाको लागी हामी निजी सरकारी सहकार्यको मोडेलमा अगाडी बढेका छौँ । हामीले भर्खरै नेपाल उद्योग परिसंघसंग एउटा सम्झौता गरेका र्छौँ । तथ्याङ्क आदानप्रदान गर्ने, सहयोग गर्ने, पाँच वर्षसम्मको लागी तथाङ्क विश्लेषणमा सहयोग गर्ने, तथ्याङ्का बारेमा जानकारी दिने, वित्तीय साक्षरता सञ्चालन गर्ने सम्बन्धी हामीले सम्झौता गरेका छौँ ।

नेपाल उद्योग वाणिज्य महासंघ पनि सहकार्य गर्न ईच्छुक छ । बैकर एशोसिशयनसँग पनि सम्झौता गरिसकेका छौँ । हामीलाई तथ्याङ्क संकलन गर्नको लागि निजी क्षेत्रले आफैँ सहयोग गरिरहनुभएको छ, हिजोको जस्तो छैन आज । हामी निजी क्षेत्रका विभिन्न संघसंगठनसंग निरन्तर छलफल गरिरहेका छौँ । संचार क्षेत्रको पनि ८÷१० वटा सेक्टर छ, यो भित्र । संचारक्षेत्रका प्रतिष्ठानको पनि नेपालको जिडिपीमा योगदान छ भनेर हेर्नको लागि यो आर्थिक गनणाले महत्वपूर्ण सहयोग गर्नेछ ।

हामीले तथ्याङ्क संकलन गरेको प्रतिष्ठानको विवरण गोप्य नै राख्नेछौँ । हामीले व्यक्तिगत प्रतिष्ठानको विवरण कसैलाई पनि उपलब्ध गराउन मिल्दैन । सामुहिक रुपमा मात्रै संचार क्षेत्रले गरेको योगदानको विश्लेषण गरेर सार्वजानिक गर्छौ । कर प्रयोजनको लागी पनि हामीले लिएको तथ्याङ्क प्रयोग गर्दैनौँ ।’

प्रवक्ता लामिछानेले संकलित तथ्याङ्क गोप्य राखिने पनि जानकारी दिनुभयो । व्यक्तिगत वा संस्थागत विवरण सार्वजनिक नगर्ने उहाँको भनाई छ ।

उहाँले संकलन गरेको विवरणलाई विश्लेषण गरी समष्टिगत तथ्याङ्क मात्रै सार्वजानिक गर्ने जानकारी दिनुभयो । साथै, संकलित तथ्याङ्क कर प्रयोजनका लागि प्रयोग नहुने पनि उहाँले स्पष्ट पार्नुभयो ।– न्युज एजेन्सी नेपाल