८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

आईपीएल : राजस्थानको लगातार तेस्रो जित, मुम्बई फेरि पराजित

आईपीएल : राजस्थानको लगातार तेस्रो जित, मुम्बई फेरि पराजित
Sherfane Rutherford of Mumbai Indians play a shots during Match 13 of the TATA Indian Premier League 2026 between Rajasthan Royals and Mumbai Indians at ACA Stadium, Guwahati, India, on April 7, 2026. Photo by Surjeet Yadav / CREIMAS for IPL
अ अ+ अ-

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई २७ रनले हराउँदै शानदार लय कायम राखेको छ।

गुवाहाटीमा गएराति वर्षाका कारण ढिलो सुरू भएको खेल ११ ओभरमा सीमित गरिएको थियो । टस जितेर मुम्बईले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको राजस्थानले ११ ओभरमा ३ विकेट गुमाएर १५० रनको बलियो लक्ष्य पछ्याएको मुम्बईले ९ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो।

मुम्बईका लागि नमन धिर र शेरफन रदरफर्डले सर्वाधिक समान २५ रन बनाए । तिलक वर्माले १४ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।

राजस्थानका लागि नान्द्रे बर्गर, रवि विश्नोई र सन्दीप शर्माले २-२ विकेट लिँदा जोफ्रा आर्चर र तुषार देशपान्डेले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित ११ ओभरमा ३ विकेट गुमाएर १५० रन बनाएको थियो।

ओपनर यशश्वी जैसवाल र वैभव सूर्यवंशीले शानदार सुरुवात दिलाए। उनले मात्र ३२ बलमा १० चौका र ४ छक्का प्रहार गर्दै ७७ रन जोडे। उनलाई वैभव सूर्यवंशीले १४ बलमा ३९ रन बनाएर साथ दिएका थिए। दुई ओपनरबीच ८० रनको साझेदारी भएको थियो।

मुम्बईका अलाह गजनफरले २ विकेट लिँदा शार्दुल ठाकुरले १ विकेट लिए।