२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लुम्बिनी प्रदेश अधिवेशनको निर्वाचन समितिमा राहुल केसी नियुक्त सुनचाँदीको मूल्य बढ्यो कालीकोटमा भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण सुरू ऊर्जा क्षेत्र अझै अप्ठ्यारो अवस्थामा, वनमा ३८ बढी आयोजना अड्किएको इप्पान अध्यक्ष कार्कीको गुनासो विद्युत व्यापार र वितरणमा निजी क्षेत्रलाई खुला गर्न आचार्यको माग ऊर्जा क्षेत्रमा इतिहास रच्ने अवसर मन्त्री श्रेष्ठलाई छः इप्पान अध्यक्ष कार्की औद्योगिक क्षेत्रको भाडा विवाद चर्कियो, उद्योगीहरू पुनः अदालत जाने विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित हुम्ला अस्पतालमा किशोरकिशोरी–मैत्री सेवा सञ्चालन मन्त्रिपरिषद् बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस



अ+ अ-

काठमाडौँ। एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी ठहर भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वादी नेपाल सरकार र प्रतिवादी काठमाडौँको तार्केश्वर नगरपालिका–५ घर भई सोही ठाउँ बस्ने ३१ वर्षीय निकेश तामाङ र भक्तपुर सूर्यविनायक–४ बालकोट बस्ने ३६ वर्षीया रीता प्रधान पौडेललाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार तामाङ काठमाडौँ जिल्ला अदालतबाट गत जेठ २७ र माघ ४ को आदेशले ९५ लाख बैङ्किङ कसुर ठहर भएका व्यक्ति हुन् । अदालतले उनीबाट थप रु चार लाख ७५ हजार जरिवाना तथा १९ हजार क्षतिपूर्ति र ४ महिना ५ दिन कैद हुने फैसला गरेको थियो ।

त्यसपछि फरार रहेका तामाङलाई खोजतलास गर्ने क्रममा काठमाडौँको तार्केश्वर–५ बाट पक्राउ गरी आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको पनि भट्टले बताउनुभयो ।

यस्तै, आजै सात लाख ५० हजार बैङ्किङ कसुरका दोषी ठहर भई फरार रहेकी भक्तपुर सूर्यविनायक नगरपालिका–४ बालकोट बस्ने ३६ वर्षीया रीता प्रधान पौडेललाई पनि पक्राउ गरिएको छ ।

गत माघ ४ को फैसलाले उनलाई सात लाख ५० हजार बैङ्किङ कसुर गरेकाले ३७ हजार ५०० समेत जरिवाना, एक हजार ५०० क्षतिपूर्ति र दुई दिन कैद तोकिएकी उनी पनि फरार रहेकी थिइन् ।

उनलाई खोजतलासका क्रममा आजै बालकोटबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रहरी उपरीक्षक भट्टले जानकारी दिनुभयो ।रासस