८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

ट्रम्प–इरान तनाव बढ्दै,ट्रम्पको कडा अभिव्यक्ति

ट्रम्प–इरान तनाव बढ्दै,ट्रम्पको कडा अभिव्यक्ति
डोनाल्ड ट्रम्प
अ अ+ अ-

वासिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न वा होर्मुज स्ट्रेट खुला गर्न दिएको म्याद सोमबारबाट मङ्गलवारमा सारिएको छ ।

ट्रम्पको अघिल्लो डेडलाइन मार्च २३ का लागि तय गरिएको थियो, तर त्यसपछि उहाँले पटक–पटक चेतावनी जारी गर्दै र कहिलेकाहीँ वार्ता सफल भएको दाबी गर्दै म्याद सार्दै आउनुभएको छ ।

इरानले पछिल्लो सङ्घर्षविराम प्रस्ताव अस्वीकार गरेको इरानको सरकारी समाचार एजेन्सीले सोमबार रिपोर्ट गरेको छ । त्यसपछि ट्रम्पले चेतावनी दिँदै मङ्गलबार साँझ ८ बजेको म्याद अन्तिम हुन सक्ने सङ्केत दिनुभएको छ । उहाँले भन्नुभयो, “उहाँहरूलाई कुनै पुल, विद्युत गृह वा अन्य पूर्वाधार बाँकी रहँदैन ।”

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले अमेरिकीलाई नागरिक पूर्वाधारमा आक्रमण अन्तर्राष्ट्रिय कानूनअनुसार निषेधित रहेको बताउनुभयो ।

मार्च २१ मा, ट्रम्पले ट्रुथ सोशलमा पोस्ट गर्दै यदि इरानले ४८ घण्टाभित्र स्ट्रेट पूर्ण रूपमा खुला नगरे, अमेरिकाले उनका विद्युत गृहहरू नष्ट गर्ने चेतावनी दिनुभयो । म्याद मार्च २३ साँझसम्म थियो । तर १२ घण्टा अघि, ट्रम्पले सकारात्मक वार्ताको जानकारी दिँदै म्याद पाँच दिनका लागि स्थगित गरिदिनुभयो । यसरी डेडलाइन त्यो हप्ताको अन्त्यसम्म धकेलिएको थियो ।

मार्च २६ मा, ट्रम्पले फेरि चेतावनी दिँदै भन्नुभयो, “उहाँहरूले छिट्टै गम्भीर हुनुपर्छ, नभएपछि पछाडि फर्कन सकिँदैन र परिस्थिती रमाइलो हुने छैन ।” तर पछि उहाँले डेडलाइन १० दिन थप्दै अप्रिल ६ बेलुका ८ बजे सम्मको नयाँ म्याद तोके र वार्ता ‘देरै राम्रो भइरहेको’ बताउनुभयो ।

मार्च ३० मा, उहाँले मिश्रित बयान जारी गर्दै वार्तामा प्रगति भएको कुरा मनाए र सम्झौता छिट्टै नभए बमवर्षण धम्की बढाउने चेतावनी पनि दिनुभयो ।

इरान र अमेरिकाबीचको यो तनावले मध्यपूर्वमा तेल आपूर्ति, अन्तर्राष्ट्रिय सुरक्षा र विश्वव्यापी बजारमा व्यापक असर पार्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन् ।(रासस/एपी)