८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान

महोत्तरीका वनमा माहुरी चराउँदै चितवनका किसान
अ अ+ अ-

महोत्तरी। पूर्वपश्चिम राजमार्ग दायाँबायाँ महोत्तरीका वन क्षेत्रमा हाल चितवनका किसान माहुरी चराउन व्यस्त छन् ।

वसन्त ऋतुका बेला वन क्षेत्रका ‘इक्युलिप्टिस’ (मसला) का रूखमा ढकमक्क फूल खिलेको बेला पारेर चितवनका किसान यहाँ माहुरी चराउन आइपुगेका हुन् ।

यसपालि यहाँ ठूलो हुरीबतास र असिना नपर्दा माहुरीलाई अनुकूल मौसम भएको माहुरीपालक किसानको भनाइ छ । “यहाँका वनमा फागुनको सुरुआतदेखि नै वनस्पतिमा राम्ररी फूल फुलेका छन्, त्यसैले माहुरी चराउन यहाँ आएका हौँ”, चितवन खैरहनी–४ का ४५ वर्षीय सुरेश बस्नेत भन्नुहुन्छ ।

उहाँले यसपालि फागुन पहिलो साता महोत्तरीका वनमा राखेका दुई ८४ घार माहुरीबाट हालसम्म २० क्विन्टल मह उत्पादन भएको जानकारी दिनुभयो । “अझै छ÷सात क्विन्टल उत्पादन हुन्छ होला । यसपालि हालसम्म महबाट रु १० लाख जति आम्दानी लिइयो । यहाँका वनका वनस्पतिका फूलमा प्रशस्त रस हुँदा राम्रो मह उत्पादन भएको हो”, बस्नेतले भन्नुभयो ।

चितवन कालिका–७ का अशोक बस्नेतले यहाँका विभिन्न क्षेत्रमा एक सय २५ घार माहुरी राख्नुभएको छ । उहाँले गत फागुन पहिलो सातायता हालसम्म आठ क्विन्टल मह उत्पादन भएको बताउनुभयो । यस्तै, खैरहनी–८ का ३५ वर्षीय युवराज कार्कीले एक सय तीन घार माहुरीबाट सात क्विन्टल मह उत्पादन गरिसकेको बताउनुभयो ।

सबैभन्दा पाका ७७ वर्षीय अशोक बस्नेतको प्रेरणाले आफूहरू माहुरीमा रमेको बस्नेत र कार्कीको भनाइ छ । “म कमाउन भनेर सउदीअरेबिया पनि गएँ, भनेजस्तो काम नपाएर फर्केपछि यहीँ माहुरीपालनमा लागे”, सुरेशले भन्नुभयो, “यसै व्यवसायबाट केही गर्न सकिन्छ भन्ने विश्वास पलाएको छ । पछिल्ला तीन÷चार वर्षयता राम्रै कमाइ भइरहेको छ ।”

मामा अशोकको प्रेरणाले आफू माहुरीपालनमा लागेको र अब यही व्यवसायबाट सन्तुष्टि मिलेको कार्कीको भनाइ छ । उद्यम सञ्चालन गर्न चितवनका कृषिसम्बद्ध सरकारी कार्यालय र स्थानीय तहले अनुदान दिएकाले व्यवसाय सञ्चालनका लागि आफूहरूलाई सहयोग पुगेको मौरीपालक किसानले बताउने गरेका छन्, तर कुकाठबाट बन्ने घारमा बढी रकम काटिँदा अनुदान रकमको ठूलो हिस्सा त्यसैमा जाने गरेको धेरैजसोको चनाइ छ ।

“कृषि कार्यालयले यस्ता घार अनुदान रकमबाट कट्टा हुनेगरी उपलब्ध गराउँछन्, यसको मूल्य प्रतिघार तीन रु हजार ५०० काटिन्छ”, सुरेश भन्नुहुन्छ, “सरकारले हामीलाई कुकाठ उपलब्ध गराए हामी आफैँ कम लागतमा घार बनाउँथ्यौँ । यो व्यवस्था हुन नसक्दा अनुदान रकमको ठूलो हिस्सा घारमै जाने गरेको छ ।”

महोत्तरी माहुरीका लागि राम्रो चरणको क्षेत्र भए पनि यही जिल्लाका किसान भने यसतर्फ आकर्षित हुनसकेका छैनन् ।  रासस