१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्व द्वन्द्वको असरः भारतले मल आयात बढाउँदै



अ+ अ-

नयाँ दिल्ली। मध्यपूर्व क्षेत्रमा उत्पन्न परिस्थितिका कारण आपूर्ति अवरोध भएपछि भारतले २५ लाख मेट्रिक टन युरिया आयात गर्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरेको छ ।

सरकारी स्वामित्वको इन्डियन पोटाश लिमिटेडले यस सम्बन्धी टेन्डर जारी गरिसकेको छ, जसका लागि आवेदन दिने अन्तिम मिति अप्रिल १५ तोकिएको छ ।

भारतले युरियाको माग पूरा गर्न ठुलो मात्रामा अन्तर्राष्ट्रिय बजारमा निर्भर रहँदै आएको छ । मनसुन सुरु भएसँगै र गर्मी सिजनको बाली रोपाइँ सुरु हुने भएकाले यसको माग अझ बढ्ने अपेक्षा गरिएको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी आपूर्ति शृङ्खला प्रभावित भएको छ ।

यसले प्रमुख निर्यातक देशबाट मल आपूर्ति अवरुद्ध हुनुका साथै हर्मुज जलडमरूमध्य हुँदै हुने समुद्री यातायातमा पनि कमी आएको छ । उक्त समुद्री मार्ग अवरुद्ध हुँदा भारतमा एलपिजी अभाव देखिएको छ भने विश्व बजारमा कच्चा तेलको मूल्य पनि तीव्र रूपमा बढेको छ । रासस/सिन्ह्वा