८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बीउ उत्पादन गर्दै सहकारी

बीउ उत्पादन गर्दै सहकारी
अ अ+ अ-

कैलाली। कैलालीको जानकी गाउँपालिका–४ मुनुवामा रहेको बिज वृद्धि कृषक सहकारी संस्थाले दशकभन्दा लामो समयदेखि बीउ उत्पादनमा जोड दिँदै आएको छ ।

किसानलाई बीउ उत्पादनमा प्रोत्साहन गर्दै प्राविधिक सहयोग दिएर सहकारी संस्थाले बीउ उत्पादनमा जोड दिँदै आएको हो । खाद्यान्न, दलहन, तेलहन बालीको लागि सहकारीले उन्नत, प्रमाणित र मूल बीउ उत्पादन गर्दै आएको छ । सहकारीले आफ्नो प्राविधिकको निगरानीमा उत्पादन गर्दै आएको बीउ किसानबाट बजार मूल्यभन्दा रु ३०० बढी दिएर खरिद गर्ने गरेको छ ।

सहकारी संस्थामा आबद्ध १५० किसानले बीउ उत्पादनको काम गर्दै आउनुभएको छ । सिजनअनुसार धान, गहुँ, तोरी, मसुरोलगायतको बीउ उत्पादन गर्दै आउनुभएका रतनबहादुर बढायक सहकारीले दिँदै आएको सेवाबाट प्रभावित हुनुहुन्छ । खेती आफूले लगाउनु परे पनि समयसमयमा हुने प्राविधिकको निगरानीले उत्पादनमा समेत वृद्धि हुने गरेको उहाँको भनाइ छ । किसानलाई आवश्यक मलको व्यवस्था पनि सकेसम्म सहकारी आफैँले गर्दै आएको छ । “बजारको समस्या छैन । उत्पादन सोचेभन्दा राम्रो हुन्छ । अझै राम्रो गर्न सके सहकारीले पुरस्कृतसमेत गर्छ । उहाँ भन्नुहुन्छ, “किसानको लागि सहकारीको काम निकै प्रशंसायोग्य छ ।

सहकारीलाई अहिले धानको बीउ ग्रेडिङमा भ्याइनभ्याइ छ । यस वर्ष चार हजार क्विन्टल धानको बीउ सहकारीले भण्डार गरेको छ । त्योमध्ये अधिकांश धानको बिक्री प्रक्रियामा गइसकेको सहकारीका व्यवस्थापक गोविन्दराज रावत बताउनुहुन्छ । “झण्डै छ जातको धानको बीउ हामीसँग छ । अधिकांश बिक्री प्रक्रियामा गइसकेको छ”, । उहाँ भन्नुहुन्छ, “बर्सेनि बीउको माग बढ्दै गएको छ । सहकारीले मागअनुसार पु¥याउन सकेको छैन ।”

व्यवस्थापक रावतका अनुसार सहकारीले किसानलाई उन्नतमा मोटो ७०, मध्यम ७३ र मसिनो प्रतिकेजी ८० रुपैयाँमा बिक्री गर्दै आएको छ । त्यसैगरी प्रमाणित बीउ प्रतिकेजी ७५, ७८ र ८५ रुपैयाँमा र मूल बीउ भने प्रति केजी ८०, ८३ र ९० रुपैयाँमा बिक्री गर्दै आएको छ । “हाम्रो बीउ सुदूरपश्चिम प्रदेशसँगै कर्णाली, लुम्बिनी र मधेस प्रदेशसम्म पुग्ने गरेको छ”, रावत भन्नुहुन्छ, “अहिले स्थानीय सरकारले पनि बीउ खरिद गरेर लिने गरेको छ । अहिले भइरहेको माग पूरा गर्न सात हजार क्विन्टल धान र गहुँको बीउ उत्पादन गर्न सक्नुपर्छ ।”

सहकारीले यस वर्ष रु एक करोड ४१ लाख ५९ हजार ६८८ को धानको बीउ किसानसँग खरिद गरेको थियो । गत वर्ष रु एक करोड २५ लाख ८४२ को गहुँको बीउ खरिद गरेको सहकारीले रु चार लाख ९४ हजार ५१५ को तोरीको बीउ किसानबाट खरिद गरेको सहकारीका अध्यक्ष विजयकुमार कठरियाले जानकारी दिनुभएको छ ।

सहकारीसँग पाँच हजार क्विन्टल बीउ भण्डार गर्ने क्षमताको गोदाम रहेको छ । विभिन्न सरकारी निकायबाट राम्रो अनुदान पाइरहेको सहकारीका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइ, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र कैलाली ठूलो सहयोगी दाताको रुपमा रहेको अध्यक्ष कठरिया बताउनुहुन्छ ।

गहुँ पाक्ने समयमा आएको यस वर्षको हावाहुरीका कारण गहुँमा ठूलो क्षति भएपछि बीउ सङ्कलन हुनेमा अध्यक्ष कठरियाले चिन्ता व्यक्त गर्नुभएको छ । “पाँच हजार क्विन्टल गहुँको बीउ उत्पादन गर्ने लक्ष्य सहकारीले लिएको िथयो । त्यसैअनुसार किसानलाई बीउ उत्पादनमा जोड दिएका थियौँ”, उहाँ भन्नुहुन्छ, “हावाहुरीले ९५ प्रतिशत गहुँमा क्षति पु¥याएपछि त्यो बीउ हुँदैन”, बीउका लागि लगाएको किसानको गहुँ भने सहकारीले आफैँ खरिद गरेर बजारीकरण गरिदिने निर्णय गरेको छ । रासस