८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने
अ अ+ अ-

भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको छ ।

गाउँपालिकाको प्रशासनिक कामकारबाहीलाई सहज, छरितो र प्रभावकारी बनाउने उद्देश्यले भवन निर्माण प्रक्रिया अघि बढाइएको हो ।

भवन सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा भवन निर्माण हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार २०८४ साल असोज २० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित रु पाँच करोड ७१ लाखमा ठेक्का सम्झौता गरिएको छ ।

भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष सरोज बस्नेतले लामो प्रयासपछि प्रशासनिक भवन निर्माण प्रक्रिया सुरु हुनु गाउँपालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । व्यवस्थित भवन अभावका कारण गाउँपालिकाले कच्ची संरचना तथा भाडाका घरबाट सेवा सञ्चालन गर्दै आएको उहाँको भनाइ छ ।

“हाल भवन अभावकै कारण सेवा व्यवस्थापनमा विभिन्न चुनौतीहरू छन्”, उहाँले भन्नुभयो, “नयाँ भवन निर्माणपछि सबै सेवा एउटै स्थानबाट सहज रूपमा उपलब्ध गराउन सकिनेछ । यसले नागरिकलाई प्रत्यक्ष लाभ पुग्नेछ ।” उहाँले भवन निर्माणका लागि निःशुल्क तथा सहुलियत दरमा जग्गा उपलब्ध गराउने स्थानीयवासीप्रति आभार व्यक्त गर्दै उहाँहरुको सहयोगले विकास निर्माणमा सकारात्मक ऊर्जा थपिएको उल्लेख गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले भवन अभावका कारण स्थानीय सरकारले सेवा प्रवाहमा भोग्दै आएको समस्या अन्त्य गर्न प्रशासनिक भवन निर्माणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । भवन निर्माणपश्चात् प्रशासनिक सेवा मात्र नभई न्यायिक समितिमार्फत हुने सेवा प्रवाहमासमेत सहजता हुने उहाँको भनाइ छ । उहाँले भवनलाई गुणस्तरीयढङ्गले समयमै सम्पन्न गराउन आवश्यक समन्वय र सहजीकरण गरिने बताउनुभयो ।

निर्माण व्यवसायी तेज श्रेष्ठले कुनै अवरोध नआए तोकिएको समयसीमाभित्रै भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो । निर्माण प्राविधिक मापदण्डअनुसार अघि बढाइने र गुणस्तरमा कुनै सम्झौता नगरिने उहाँको भनाइ छ ।

भवन निर्माणले सेवा प्रवाहलाई थप छरितो, प्रभावकारी र पारदर्शी बनाउने भूमिका खेल्ने स्थानीयवासी रविचन्द्र राईले बताउनुभयो । हाल भवन नहुँदा सेवा लिन समस्या रहेको उहाँको भनाइ छ । रासस