१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार



सन्दर्भ तस्बिर
अ+ अ-

तेहरान। इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई अस्वीकार गरेको इरानी सरकारी सञ्चारमाध्यमले सोमबार जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि मङ्गलबारसम्ममा ‘हर्मुज घाँटी’ लाई स्वतन्त्र आवागमनका लागि खुला नगरेमा इरानले अर्को भयङ्कर आक्रमणको सामना गर्नुपर्ने र इरानले महत्वपूर्ण पूर्वाधार ध्वस्त भएको हेर्नुपर्ने चेतावनी दिनुभएको थियो । युद्ध अन्त्यका लागि वार्ता गर्न ४५ दिनको युद्धविराम प्रस्तावलाई इरानले नकारे पनि अमेरिकाको यसपछिको प्रतिक्रिया आइसकेको छैन ।

समाचार एजेन्सी आइआरएनएले भनेको छ, “इरानले युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावप्रति पाकिस्तानलाई आफ्नो प्रतिक्रिया जानकारी गराएको छ ।”

“दश बुँदामा तयार गरिएको प्रतिक्रियामा इरानले युद्धविरामलाई अस्वीकार गरेको छ र द्वन्द्वको निश्चित अन्त्यको आवश्यकतामा जोड दिएको छ । ”

यसअघि, इरानले युद्ध अन्त्यका लागि केही शर्त अघि सारेको थियो । युद्ध तेह्रौँ दिनमा प्रवेश गर्दै गर्दा तेहरानले आफ्नो अधिकारको अन्तर्राष्ट्रिय मान्यता, युद्धको क्षतिपूर्ति र भविष्यमा आक्रमण नहुने सुनिश्चितता (ग्यारेन्टी) नभएसम्म सङ्घर्ष नरोकिने स्पष्ट पारेको छ । (रासस/एएफपी)