८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

इजरायली सेनाको निशाना गलत हुँदा लेबनानी राजनीतिज्ञको मृत्यु

इजरायली सेनाको निशाना गलत हुँदा लेबनानी राजनीतिज्ञको मृत्यु
फाइल फोटो
अ अ+ अ-

जेरुसेलम। इजरायली सेनाले आइतबार लेबनानमा हेजबुल्लाहका नेतालाई लगाएको निशाना गल्तीवस अर्का एक व्यक्तिलाई लाग्दा हेजबुल्लाहको प्रमुख विरोधी राजनीतिक समूहका वरिष्ठ नेता मारिएको इजरायली सेनाले स्वीकार गरेको छ।

आइतबारको घटनामा इजरायली आक्रमणमा मारिएका एक व्यक्ति हेजबुल्लाहको प्रमुख विरोधी राजनीतिक समूह लेबनानी फोर्सेज पाटीका वरिष्ठ नेता भएको पुष्टि भएको छ।

आइडिएफले आफ्नो लक्ष्यमा प्रहार गने क्रममा भूलवस गलत निशाना लागेको भन्दै यसका लागि माफी मागेको छ,” आइडिएफले सोमबार जारी गरेको एक विज्ञप्तिमा भनिएको छ।

इजरायलले एउटा आवासीय भवनको एक भागमा गरेको आक्रमणमा लेवनानी वरिष्ठ अधिकारी पियरे मुवावाद र उहाँकी पत्नी फ्लाभियाको मृत्यु भएको थियो ।

उक्त अपार्टमेन्ट बेरुतको पूर्वमा रहेको इसाई बहुल शहर ऐन सादेहमा रहेको थियो। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा परी एक पुरुष र दुई महिलाको मृत्यु भएको थियो । स्थानीय नगर प्रमुखले मृत्यु हुनेहरु लक्षित अपार्टमेन्टभन्दा एक तला तल बसिरहेका बताउनुभएको छ।

आइडिएफले भनेको छ, “यस आक्रमणको परिणामको रूपमा, यससँग कुनै सम्बन्ध नभएका धेरै मानिसहरू परेको भन्ने रिपोर्टबारे समीक्षा भइरहेको छ।”

लेबनानी फोर्सेज पार्टीले आक्रमणको निन्दा गर्दै भनेको छ, “मुआवाद ‘न त लडाकु हुनुहुन्थ्यो, न त सैन्य लक्ष्य’ । घातक आक्रमण हुनुभन्दा ठीक पहिले, उहाँले आफ्नो परिवारसँग घरमा इस्टर मनाउनुभएको थियो ।

पार्टीले हेजबुल्लाहको कडा निन्दा गर्दै भन्यो, “यो घटनाले सैन्य मुठभेडहरू अब आवासीय क्षेत्रहरूमा तानिएका पुष्टि भएको छ । अनाहकमा नागरिकहरूले ज्यान गुमाउन नपरोस्।”

इरानको एक क्षेप्यास्त्र आइतबार राति सरायको हाइफामा खसेको थियो । उक्त आक्रमणमा चार जनाको मृत्यु भएको छ ।सोमबार भएको आक्रमणमा परेको भवनबाट चारवटा शरीरका झोलाहरू पनि बाहिर निकालिएको बीबीसीले जनाएको छ।

इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहुले उक्त आक्रमणको प्रतिक्रिया दिएका छन् ।“मैले भर्खरै हाइफाका मेयर जोनाह याहवसँग कुरा गरें र हाइफामा चार जनाको ज्यान गएकोमा गहिरो समवेदना व्यक्त गरेँ,” उहाँले सामाजिक सञ्जाल एक्समा गरेको एक पोस्टमा लेख्नुभएको छ। (रासस/एएफपी)