९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’
अ अ+ अ-

गण्डकी। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त अधिकारीले नेपालको शैक्षिक, सामाजिक र राजनीतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएकोे बताउनुभएको छ ।

दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा आज पोखराको अमरसिंद्ध नमूना मावि पचभैयामा आयोजित श्रीकान्त अधिकारी शतवार्षिकी विशेष ‘गुणस्तरीय शिक्षा र विविध आयाम’ विषयक अन्तरक्रियामा उहाँले अधिकारीले गर्नुभएको योगदान वर्तमान पुस्ताका लागि अनुकरणीय भएको बताउनुभयो ।

समाजमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ भन्ने सोच भएका अधिकारी बिपी कोइराला, कृष्णप्रसाद भट्टराई जस्ता राजनीतिक व्यक्तित्वसँग काम गरेका एक आदर्श प्रजातन्त्रवादी नेता, व्यवहारवादी समाज सुधारकका रूपमा रहनुभएको महानगरप्रमुख आचार्यको भनाइ थियो ।

पोखरालगायत विभिन्न क्षेत्रमा शैक्षिक संस्थाहरू स्थापनामा विशष्टि योगदान गरेका अधिकारीले विद्यार्थीमा किताबी ज्ञानका साथसाथै राजनीतिक चेतना जगाउन पनि विशिष्ट योगदान गर्नुभएको उहाँको भनाइ छ ।

अमरसिद्ध नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर भुजेलले अमरसिंद्ध माविको स्थापनामा पनि महत्त्वपूर्ण योगदान गर्नुका साथै अधिकारीले यस क्षेत्रमा विभिन्न १२ वटा विद्यालय स्थापना गर्नुभएको जानकारी गराउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष गायत्री अधिकारी, सदस्य शरणकुमार अर्याल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दीनानाथ ढकाल लगायतले बहुआयामिक क्षेत्रमा अधिकारीले पु¥याउनुभएको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो ।  रासस