९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

फर्किएनन् तीन सन्तान, मृत्यु दर्ताको प्रमाणपत्र माग्दै परिवार

फर्किएनन् तीन सन्तान, मृत्यु दर्ताको प्रमाणपत्र माग्दै परिवार
अ अ+ अ-

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका–४ हर्षचोकस्थित ओम सृजनशील समाज बस्तीका ६६ वर्षीय कृष्णबहादुर श्रेष्ठ सेतो कपडामा कोरा बारेर आफ्ना तीन छोराछोरीको किरियामा बस्नुभएको आज आठौँ दिन बितेको छ ।

कृष्णबहादुर र उहाँकी श्रीमती सरिता श्रेष्ठ अझै शोकबाट तङ्ग्रिनुभएको छैन । गत असोज १८ गते लाङटाङ घुम्न जाँदा बेपत्ता भएका छोरीहरु २६ वर्षीया सनिता, २४ वर्षीया संस्कृति र २० वर्षीय छोरा ‘किसन’ भन्ने चितलालको ६ महिनापछि यही चैत १६ गते कुशको शव बनाएर अन्त्येष्टी गरेसँगै बुवा कृष्णबहादुर किरियामा बस्नुभएको हो ।

रोट्र्याक क्लबको नेतृत्वमा गत असोज १६ गते दसैँको टीका लगाएर १७ गते बिहान पाँचदिने यात्रामा घुम्न हिँडेका छोराछोरी नफर्किएपछिको पीडा भनिसाध्य छैन । १६ जनाको टोली लाङटाङ निस्किएका उनीहरु १८ गते दिउँसो करिब ५ बजे बेरिङ खोल्सा तर्ने क्रममा आएको पहिरोसँगैको लेदो पानीले बगाएर गहिरो खाँेचमा बेपत्ता भएका थिए ।

घटनास्थल आसपासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको सुरक्षा टोलीले कैयौँ दिन लगाएर खोज्दा पनि शव नभेटिएपछि रसुवाका प्रमुख जिल्ला अधिकारीले घटना विवरणसहित पठाएको पत्रका आधारमा उनीहरु जीवित नरहेको ठहर गर्दै परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका हुन् ।

उनीहरुसँगै बेपत्ता भएका भक्तपुर नगरपालिका–१० घर भइ काठमाडौँ बस्ने २३ वर्षीय रवि श्रेष्ठसमेत अहिलेसम्म भेटिएका छैनन् । प्रत्यक्षदर्शीका अनुसार यात्राका क्रममा खोल्सा तर्ने क्रममा अचानक माथिबाट आएको पहिरोसँगैको लेदोमा पहिलोपटक सनिता बगिन् र उनलाई बचाउन गएकी बहिनी संस्कृति पनि बगिन्, फेरि उनलाई बचाउन जाँदा भाइ कृष्ण समेतलाई बगायो । उनीहरुलाई बचाउन भनेर गएका साथी रविलाई समेत बगाएपछि चारै जना बेपत्ता भएका थिए ।

किरियामा बस्नुभएका बुवा कृष्णबहादुर भन्नुहुन्छ, “एकै पटक तीन सन्तान गुमाउनुको पीडा त छँदैछ तर, राज्यले दिने मृत्यु दर्ताको प्रमाणपत्रसमेत परिवारले नपाउँदा भने पीडामाथि पीडा थपिएको छ, सरकार हामीलाई तीन सन्तानको मृत्यु प्रमाणपत्र दिलाइ देऊ ।”

उनीहरुको मृत्यु प्रमाणपत्र नपाउँदा बिमादेखि बैङ्क खातामा रहेको रकम बाबुआमाको खातामा सार्न पाएका छैनन् । उहाँ भन्नहुन्छ, “मृत्यु प्रमाणपत्र लिन वडा, नगरपालिका, भक्तपुर जिल्ला अदालतदेखि गृहमन्त्रालयसम्म धायौँ, तर अझै पाएनौँ, सन्तानको सद्गत गरिसक्यौँ, बेपत्ता भएको र बेपत्ता जीवित नहुने अवस्था सबैलाई थाहा छ, यो लुकेको घटना त होइन नि, त्यसैले कानुनको कुन धारा प्रयोग गरेर हुन्छ सरकार तीन सन्तानको मृत्यु प्रमाणपत्र दिलाई देऊ ।”

वडा कार्यालयले बेपत्ता भएको १२ वर्ष नभई मृत्यु प्रमाणपत्र दिन र सिफारिस गर्न नमिल्ने भनेर पन्छाइ दिएको, नगरपालिकाले पनि त्यही जवाफ दिएको बताउँदै काका केशव श्रेष्ठले जिल्ला अदालतमा समेत रसुवाको सबै पत्र र विवरण बुझाउँदा पनि मृत्यु दर्ताको प्रमाण पत्र नपाएको बताउनुहुन्छ । रासस