५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कपः त्रिभुवन आर्मी क्लब १३८ रनले विजयी



अ+ अ-

पर्सा। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत  आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको छ ।

यहाँ वीरगञ्जको नारायणी रङ्गशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १३८ रनले पराजित गरेको हो ।

सुरुआती ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ४८ ओभरमा सबै विकेट गुमाउँदै २६८ रन जोडेको थियो । त्रिभुवन आर्मीका तर्फबाट अर्जुन साउदले १२० बल खेल्दै १२१ रन जोडेका थिए । यसैगरी, आर्मीकै बसीर अहमदले ७० बलमा ४५ रन जोडेका थिए ।

कर्णाली प्रदेशका दिनेश अधिकारीले चार विकेट र प्रकाश जैसीले तीन विकेट लिएका थिए । जवाफी ब्याटिङमा उत्रिएको कर्णाली प्रदेशले ४२ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १३० रनमा सीमित भएको थियो । कर्णालीका तर्फबाट विपिनविक्रम शाही ठकुरीले ४० रन र अर्जुन घर्ती मगरले ३२ रन जोडेका थिए ।

त्रिभुवन आर्मी क्लबका सहाब आलम र बसिर अहमदले सामान तीन÷तीन विकेट लिएका थिए । आजको खेलमा त्रिभुवन आर्मी क्लबका अर्जुन साउद ‘प्लेयर अफ दी म्याच’ भने घोषित हुँदै नगद रु पाँच हजार पुरस्कार पाए ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लब र सात प्रदेशका गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख र उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । रासस