१४ श्रावण २०८३, बिहीबार
,
Latest
‘आइपीओ रोकेर धितोपत्र बोर्डले निजी क्षेत्रमाथि अपराध गर्‍यो’: इप्पान अध्यक्ष डाँगी रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी भएपछि किसान समस्यामा पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य बाघ संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण सामाजिक सद्भाव कायम गर्न आग्रह विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न अनुरोध



अ+ अ-

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ तथा प्रचलित कानुन बमोजिम उपलब्ध गराउनुपर्ने न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न सम्पूर्ण रोजगारदातामा अनुरोध गरेको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी ऐन विपरित न्यूनतम पारिश्रमिक लगायतका सुविधाबाट वञ्चित गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने जनाउँदै कानुनको स्वतःस्फूर्त पालना गर्न सम्बन्धित प्रतिष्ठान, संस्था तथा सरोकारवालालाई अनुरोध गरेको हो ।

श्रम ऐन, २०७४ को दफा १८ को उपदफा (३) मा तालिम लिनेका रूपमा काममा लगाइएका व्यक्तिलाई रोजगारदाताले कम्तीमा न्यूनतम पारिश्रमिक, बिरामी बिदा तथा उपदान, सञ्चयकोष, बीमालगायतका सामाजिक सुरक्षामा कमी नहुने गरी सुविधा दिनुपर्ने स्पष्ट कानुनी व्यवस्था  छ ।

“यस मन्त्रालयमा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा तालिमी श्रमिकका रूपमा कार्यरत स्वास्थ्यकर्मी/नर्सिङ स्टाफ, निजी तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारी, साथै अन्य विभिन्न प्रतिष्ठानमा कार्यरत व्यक्तिहरूबाट तोकिए बमोजिमको न्यूनतम पारिश्रमिक तथा अन्य सुविधाहरू नपाएको भन्ने उजुरी तथा गुनासाहरू प्राप्त भएका छन,  यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।”, विज्ञप्तिमा उल्लेख छ । रासस