९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

अठार वटा कृष्णसार स्थानान्तरण गरिने

अठार वटा कृष्णसार स्थानान्तरण गरिने
अ अ+ अ-

काठमाडौँ। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट १८ वटा कृष्णसार स्थानान्तरण गरिने भएको छ ।

वन तथा वातावरण मन्त्रालयलले हाललाई छ भाले र १२ पोथी गरी जम्मा १८ वटा कृष्णसार स्थानान्तरण गर्ने भएको जनाएको छ ।  मन्त्रालयले आज विज्ञप्ति जारी गरी मन्त्रालयबाट गठित कार्यदलले पेस गरेको सम्भाव्यता र स्थलगत अध्ययन प्रतिवेदनको सिफारिस तथा विगतका सैद्धान्तिक निर्णय र स्वीकृत कार्ययोजनाका आधारमा सो निर्णय गरिएको जनाएको हो ।

मन्त्रालयले भनेको छ, “कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रबाट चितवन जिल्लाको टिकौली क्षेत्रमा कृष्णसार स्थानान्तरण गर्ने निर्णय भएको छ । मन्त्रालयबाट यो निर्णय भएपश्चात् विभिन्न समाचार र प्रतिक्रियाप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ ।

लोपोन्मुख कृष्णसार विसं २०३३ मा बर्दियाको खैरापुरमा नौ वटामा सीमित भएको थियो । तत्पश्चात् प्रभावकारी संरक्षणका कारण यसको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ ।”

विश्वव्यापी अभ्यास र कार्यदलको सिफारिसका आधारमा कृष्णसार स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ । नेपालमा कृष्णसारको सङ्ख्या वृद्धि गर्न विगतको दशकमा सदर चिडियाखाना र खैरापुरबाट समेत गरी ४२ वटा कृष्णसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटामा स्थानान्तरण गरिएको स्मरण गरिएको छ । त्यस कार्यबाट सङ्ख्या वृद्धि भई हाल खैरापुरमा समेत गरी नेपालको प्राकृतिक बासस्थानमा पाँच सयभन्दा बढी कृष्णसार पुगेको मन्त्रालयले जनाएको छ ।

“कुनै पनि वन्यजन्तुलाई निश्चित क्षेत्रमा मात्र सीमित गर्दा वंशाणुगत, वातावरणीय र अप्रत्याशित अवस्था सिर्जना भई एकैचोटी प्रजाति नै लोप हुनसक्ने जोखिम रहन्छ”, विज्ञप्तिमा भनिएको छ,“शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर फाँटामा छोटो अवधिमै कृष्णसारको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि हुनु सोही अभ्यासको परिणाम हो ।”