२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चोरीका सामान र नगदसहित चार जना पक्राउ



अ+ अ-

काठमाडौँ। प्रहरीले चोरीका सामान तथा नगदसहित चार जनालाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दिया, गुलरिया नगरपालिका–५ ज्योतिनगरका २१ वर्षीय समीर विक, सोही ठाउँका २३ वर्षीय सुवास विक, नुवाकोट, बेलकोटगढी नगरपालिका–७ का २८ वर्षीय रमेश सदाशङ्कर तथा  बर्दिया, बाँसगढी नगरपालिका–७ का २३ वर्षीय सन्देश श्रीपाली रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आइतबार दिउँसो करिब १ः३० बजेको समयमा कीर्तिपुर नगरपालिका–९ स्थित एक घरमा पार्किङ गरिराखेको बा२९प २४२ नम्बरको मोटरसाइकलबाट पेट्रोल चोरी गरिरहेको अवस्थामा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले निजहरुलाइ पक्राउ गरेको हो ।”

पक्राउ परेकाहरुका साथबाट प्रहरीले नगद रु ५६ हजार, तामाको धातुबाट बनेको जस्तो देखिने मूर्ति ४० थान, चुरोट १५ बन्डल (१ बन्डलमा १० प्याकेट), एनोरेड मोबाइल छ थान, किप्याड मोबाइल चार थान, सुनको जस्तो देखिने कानको झुम्का एक जोर, सुनको जस्तो देखिने रातो पोतेसहितको नेकलेश, शिरबन्दी दुई थान, चाँदीको जस्तो देखिने पाउजु एक जोर, प्रदेश ३ –०२–००७ प ९३८६ नंको र बा२५प ६८७० नम्बरको मोटरसाइकल तथा हेलमेट १० थान बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका माथि थप अनुसन्धान सुरु भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो । रासस