२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय राजदूतले भेटे परराष्ट्रमन्त्रीलाई



अ+ अ-

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदूत श्रीवास्तवले भारतीय विदेशमन्त्री एस. जयशंकरको तर्फबाट मन्त्री खनाललाई बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गर्नुभयो ।

भेटका क्रममा नेपाल र भारतबीचको सदियौँ पुरानो सम्बन्धलाई थप सुदृढ बनाउने र द्विपक्षीय हितका विविध विषयमा गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा कनेक्टिभिटी, ऊर्जा व्यापार र थाती रहेका विकास आयोजनाहरूका बारेमा संक्षिप्त कुराकानी भएको मन्त्रालयले जनाएको छ।

मन्त्री खनालसँगको भेटवार्तामा नेपाल–भारतका अन्य अधिकारी पनि सहभागी थिए।