२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभाः सांसदद्वारा शुद्धपानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान सार्वजनिक लेखा समितिद्वारा बेरुजु न्यूनीकरण र फस्र्याैटमा नीतिगत सुधारको जोड, विभिन्न निकायको प्रगति सार्वजनिक शिक्षा र स्वास्थ्यको बजेट संरचनाप्रति प्रमुख सचेतक थापाको आपत्ति, पुँजीगत खर्च बढाउन माग सरकारले बुढिगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोज्योः सांसद कँडेल गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे चीनमा स्पष्ट अडान राख्नुपर्छः खुश्बु ओली काठमाडौँमा स्रोत नखुलेको रकमसहित पक्राउ ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण, नीतिगत कार्यान्वयनमा जोड परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन जाँदै, यस्तो छ कार्यक्रमको तालिका चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन



फाइल फोटो
अ+ अ-

बाजुरा। जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालनमा आएको छ ।

बुढीनन्दा –२ मा रहेको कोल्टी बजारमा किसानले उत्पादन गरेको तरकारी र फलफूल बिक्रीका लाग राख्न र बेमौसममा पनि बिक्रीवितरण गर्नेगरी शीतभण्डारसहितको कृषि उपज केन्द्र सञ्चालनमा आएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार साहले जानकारी दिनुभयो ।

उहाँले किसानले उत्पादन गरेका साग, आलु, काउलीलगायत तरकारीखेतीको बिक्री गर्न प्रत्येक होटल तथा पसलमा धाउनुपर्ने अवस्थालाई मध्यनजर गर्दै उनीहरूको सहजताका लागि उक्त सङ्कलन केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको बताउनुभयो ।

यसका लागि नगरपालिका र जिआइजेडको आर्थिक साझेदारीमा निर्माण गरिएको नगर प्रमुख जनककुमार बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिका र जिआजेडको ६८ लाख ९१ हजार ८८० रुपैयाँ ५४ पैसाको संयुक्त लगानी उक्त उपज केन्द्र निर्माण गरिएको हो ।

कृषि उपज केन्द्र तथा शीतभण्डार गृहमा किसानले उत्पादन गरेका आलु, स्याउ, सुन्तलालगायत भण्डारण गरिने नगरप्रमुख बोहराले बताउनुभयो ।

शीतभण्डार गृहमा भण्डराण गरिएका तरकारी तथा फलफूललाई अन्य समयमा पनि बिक्री वितरण गर्न पाइने नगरप्रमुख बोहराको भनाइ छ ।

कृषि उपज केन्द्र तथा शीतभण्डारगृह सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले शुभारम्भ गर्नुभएको हो ।

उच्च हिमाली क्षेत्रमा भेडाबाख्रापालनका लागि सरोकारवाला निकायसँग उत्तरी भेगका चार पालिकामा छलफलका लागि उहाँ कोल्टी पुग्नुभएको थियो । रासस




भर्खरै