९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ

श्रवण क्षमता नभएर रोकेन अृमत र हेमराजलाई ‘रेष्टुरेन्ट’ सञ्चालन गर्न

श्रवण क्षमता नभएर रोकेन अृमत र हेमराजलाई ‘रेष्टुरेन्ट’ सञ्चालन गर्न
अ अ+ अ-

म्याग्दी। बेनी नगरपालिका–४ सिङ्गा पौडेल चोकमा श्रवण क्षमता नभएका अमृत र हेमराज शर्मा ‘रेष्टुरेन्ट’ व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्नुभएको छ ।

बागलुङका ३५ वर्षीय अमृत र ४२ वर्षीय हेमराजले शारीरिक अशक्तताले रोजगारी, व्यवसाय र अवसरलाई छेक्न सक्दैन भन्ने उदाहरण प्रस्तुत गर्नुभएको हो ।

नाताले आफन्त पर्ने अमृत र हेमराजले सिङ्गाको पौडेलचोकमा संयुक्त रूपमा सञ्चालन गरेको ‘साङ्केतिक भाषा खाजा घर’ले उनीहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाएको हो ।

जन्मजात श्रवण क्षमता नभएका शर्माद्धय साङ्केतिक भाषा र शब्द लेखेर उपभोक्ताहरूसँग संवाद गर्नुहुन्छ । चिया, खाजा, जेरी, तरकारी, याममा अरिङ्गाल, माछा, मासु र खानाका परिकार उहाँहरू आफै तयार पार्नुहुन्छ ।  स्थानीयवासी, वडा कार्यालय, विद्यालय, बेनी–दरवाङ सडकको यात्रा गर्ने सर्वसाधारण, व्यवसायीहरू उक्त रेष्टुरेष्टका ग्राहक हुन् ।

टाढाबाट आउने ग्राहकले मोबाइलमा सन्देश पठाएर खाना, खाजाका परिकार ‘अर्डर’ गर्छन् । सामाजिक सञ्जालमा भिडियो कल गरेर पनि सा¬ङ्केतिक भाषामा ग्राहकले कुराकानी गर्छन् ।

फोन आयो भने छिमेकीलाई उठाउन लगाएर उहाँहरूमार्फत सूचना लिने गरेको अमृतले लेखेर जानकारी गराउनुभयो ।म्याग्दीका जलविद्युत् आयोजनाहरूमा परामर्शदाताका रूपमा काम गर्दै आउनुभएका शङ्कर बस्यालले सरसफाइ र आत्मीय व्यवहारका कारण साङ्केतिक भाषा खाजाघरलाई रोजेको बताउनुभयो ।

“उहाँहरू नबोले पनि ग्राहकको भावना बुझेर नम्र व्यवहार गर्नुहुन्छ”, उहाँले भन्नुभयो “ठाउँको सरसफाइ र परिकार ‘हाइजेनिक’ हुने भएकाले राम्रो लाग्छ ।” दैनिक पाँच हजार रुपैयाँको हाराहारीमा व्यापार गर्ने शर्माद्वयले उक्त आम्दानीबाट व्यवसायलाई निरन्तरताका साथै घरव्यवहार चलाएको बताउनुभयो ।

दसैँ, तिहार र चाडपर्वका समयमा व्यापार अलि बढी हुन्छ ।हेमराजको घरमा श्रीमती र एक छोरी छन् । अमृतकी श्रीमतीको पनि श्रवण क्षमता छैन। अमृतका घरमा श्रीमती र एक छोरा छन् । हेमराजले कक्षा ५ सम्मको अध्ययन गर्नुभएको छ भने अमृतले १२ कक्षा उत्तीर्ण गर्नुभएको छ ।

उहाँहरूका परिवार बागलुङमै बस्नुहुन्छ । धवलागिरि माविको बहिरा स्रोत कक्षाका शिक्षक शङ्कर पाण्डेको सहयोगमा हेमराज र अमृत १० वर्षअघि सिङ्गामा आउनुभएको थियो ।शर्माद्वयको सानैदेखि खानाका परिकार बनाउन रुचि थियो ।

घारबाट रु तीन लाख ल्याएर घर भाडामा लिएर व्यवसाय सुरु गरेको अमृत सम्झनुहुन्छ । हाल उहाँहरूको व्यवसायमा करिब रु १० लाखको लगानी छ । सीप र व्यवसायमा आबद्ध भएकाले घरव्यवहार चलाउन सहज भएको शर्माद्वयको अनुभव छ ।

पौडेलचोकका यादवप्रसाद पौडेलले अमृत र हेमराजले हातमा सीप र व्यावसायिक कला तथा साहस हुने हो भने शारीरिक प्रतिकूलताका बाबजुद आत्मनिर्भर र स्वरोजगार बन्न सकिने सन्देश दिएका बताउनुभयो ।

“अमृत र हेमराजले हातमा भएको सीपको सदुपयोग गर्न जान्ने हो भने जीवन चलाउन अरुमा निर्भर हुनुपर्दैन भन्ने सन्देश दिनुभएको छ”, उहाँले भन्नुभयो “उहाँहरूले व्यवसायबाट हासिल गरेको सफलताबाट धेरैका लागि उदाहरणीय बन्न सक्छ ।” हाल भाडाको घरमा व्यवसाय गर्दै आएका उहाँहरूले व्यवसाय विस्तार गर्दै लैजाने योजना बनाउनुभएको छ ।

पुँजीको अभाव र सबै ग्राहकले साङ्केतिक भाषा नबुझ्नु उहाँहरूका लागि व्यवसायमा चुनौती बनेको छ । रासस