२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभाः सांसदद्वारा शुद्धपानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान सार्वजनिक लेखा समितिद्वारा बेरुजु न्यूनीकरण र फस्र्याैटमा नीतिगत सुधारको जोड, विभिन्न निकायको प्रगति सार्वजनिक शिक्षा र स्वास्थ्यको बजेट संरचनाप्रति प्रमुख सचेतक थापाको आपत्ति, पुँजीगत खर्च बढाउन माग सरकारले बुढिगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोज्योः सांसद कँडेल गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूको जोड लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे चीनमा स्पष्ट अडान राख्नुपर्छः खुश्बु ओली काठमाडौँमा स्रोत नखुलेको रकमसहित पक्राउ ऊर्जा विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण, नीतिगत कार्यान्वयनमा जोड परराष्ट्र मन्त्री श्रेष्ठ आइतबार चीन जाँदै, यस्तो छ कार्यक्रमको तालिका चिया, दुग्ध र सुपारी किसानका समस्या समाधान गर्न सरकारसँग सचेतक राईको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलङ्गवाबाट नौ विचौलिया नियन्त्रणमा



अ+ अ-

सर्लाही। सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्दै सर्लाही प्रहरीले नौ विचौलियालाई नियन्त्रणमा लिएको छ ।

मलङ्गवा नगरपालिका–३, मालपोत कार्यालय परिसरबाट सात जना र मलङ्गवा नगरपालिका–९, मलङ्गवा ट्रायल सेन्टरबाट दुई विचौलिया पक्राउ परेका हुन् ।

सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेर सरकारी कामकाजमा प्रभाव पारेको गुनासोपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।

प्रहरीले मालपोत कार्यालय मलङ्गवाबाट हरिपुर्वा नगरपालिका–६, का प्रमोदकुमार यादव, मलङ्गवा, नगरपालिका–१, का नन्दकिशोर यादव, ब्रह्मपुरी गाउँपालिका–७, का नागेन्द्रकुमार यादव, चन्द्र नगर गाउँपालिका–१, का रामविनय यादव, कविलासी नगरपालिका–१, का रञ्जनकुमार ठाकुर, चक्रघट्ट गाउँपालिका–२, का प्रमोद साह र ईश्वरपुर नगरपालिका–५, का योगेन्द्र महतोलाई पक्राउ गरेको हो ।

यस्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक बालकृष्ण फुँयालको नेतृत्वमा खटिएको टोलीले मलङ्गवा ड्राइभिङ सेन्टरबाट मलङ्गवा नगरपालिका–६, का जयप्रकाश साह र मलङ्गवा–८, का रवि साहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । रासस




भर्खरै