१४ श्रावण २०८३, बिहीबार
,
Latest
माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम राष्ट्रपति पौडेल र सभामुख आर्यालबीच भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल इराकमा इरान समर्थित लडाकु समूहमाथि अमेरिका र साउदी अरबद्वारा हवाई आक्रमण इरानमाथि कडा जवाफी कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी अमेरिकी र साउदी हवाई आक्रमणमा मारिएका सुरक्षाकर्मीको इराकमा अन्त्येष्टि ‘आइपीओ रोकेर धितोपत्र बोर्डले निजी क्षेत्रमाथि अपराध गर्‍यो’: इप्पान अध्यक्ष डाँगी रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी भएपछि किसान समस्यामा पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशसभा बैठक



फाइल फोटो
अ+ अ-

विराटनगर। कोशी प्रदेशसभाको आज बसेको बैठकमा विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको तर्फबाट रामबहादुर राना मगरले प्राकृतिक विपतीबाट पूर्वी नेपालको इलाममा धेरै क्षति भएको बताउनुभयो ।

प्रदेशसभा सदस्य मगरले गत वर्ष बाढी पहिरोबाट इलाममा अत्यधिक क्षति भएको जानकारी दिँदै यस वर्ष मनसुनमा उक्त जिल्लामा थप क्षति हुन नदिन भौतिक संरचनाको निर्माणका लागि बजेट विनियोजन गर्न माग गर्नुभयो ।

उहाँले इलाममा पुल र सडकतर्फ मात्र करिब रु तीन अर्ब २७ करोड र खानेपानीतर्फ करिब रु ५० करोडको क्षति भएको बताउनुभयो । प्रदेशसभा सदस्य जयप्रकाश चौधरीले कोशी प्रदेशमा आदिवासी र जनजातिको बाहुल्यता रहेकाले ग्रामथान संरक्षण हुनुपर्ने माग गर्नुभयो ।

उहाँले ग्रामथान आदिवासीको पहिचान र संस्कृति भएकाले यसलाई ऐन नै बनाएर संरक्षण गर्नुपर्ने सुझाव दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेशसभा संसदीय दलको तर्फबाट गोपालबहादुर विश्वकर्माले नेपालमा दलित र जनजाति लामो समयदेखि विभेद तथा उत्पीडनमा परेकाले उनीहरुको सम्मान र उत्थानमा सरकार गम्भीर हुनुपर्ने कुरामा जोड दिनुभयो ।

जनता समाजवादी पार्टी कोशी प्रदेशसभा संसदीय दलको तर्फबाट निर्मला लिम्बूले कोशी प्रदेशसभा बैठक कहिले पनि निर्धारित समयमा सञ्चालन हुन नसकेको गुनासो गर्नुभयो ।

बैठकमा सभाको शून्य समय र विशेष समयमा कोशी प्रदेशसभा सदस्यहरुले उठाउनुभएका जिज्ञासा र प्रश्नको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँग सम्बन्धित विषयमा सो मन्त्रालयका मन्त्री प्रदीपकुमार सुनुवार र सामाजिक विकास मन्त्रालसँग सम्बन्धित विषयमा सो मन्त्रालयका मन्त्री रामप्रसाद मेहताले जवाफ दिनुभएको थियो ।

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभा सदस्य निमसरी राजवंशी, विद्या चाम्लिङ राई, मैया श्रेष्ठ, लखीकुमारी गणेशी, राधाकृष्ण खनाल, तारादेवी ढकाल, नम्बरलाल धिमाल, गीतादेवी रेग्मी, कमला थापा मगर, निरन राई, ललिताकुमारी चौधरी र नीरादेवी खनालले विविध विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो । सभाको अर्को बैठक सोमबार अपराह्न १ बजे बस्नेछ । रासस




भर्खरै