९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘निजी क्षेत्रसँगको सहकार्यमा लगानीको वातावरण बनाउन सरकार लागिरहेको छ’



फाइल फोटो
अ+ अ-

बाजुरा। सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाले निजी क्षेत्रसँगको सहकार्यमा प्रदेशमा लगानीको वातावरण बनाउन सरकार लागिरहेको बताउनुभएको छ ।

आज यहाँ आयोजित उच्च पहाडी क्षेत्रमा बृहत्तर भेडा बाख्रापालनका लागि सरोकार भएकाहरूसँगको छलफल कार्यक्रममा उहाँले कृषि तथा उद्योग क्षेत्रमा लगानीका लागि निजी क्षेत्रसँग सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।

मन्त्री थापाले सुदूरपश्चिमका बाजुरा, बझाङ र दार्चुला जिल्लामा रहेका भेडा तथा बाख्रापालक कृषकलाई लक्षित गरी पहिलो चरणमा परीक्षणका रूपमा नयाँ कार्यक्रम सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले यहाँका भेडा बाख्रापालक कृष्कलाई कृषि विकास बैङ्कबाट ऋण लगानी गर्ने र त्यसको आठ प्रतिशत व्याज प्रदेश सरकारले तिर्ने गरी कार्यक्रम ल्याइएको बताउनुभयो ।

मन्त्री थापाले भन्नुभयो, “निजी क्षेत्रलाई नजोडि समृद्धि सम्भव छैन । त्यसैले उच्च पहाडी क्षेत्रमा निजी क्षेत्रका कृषकसँग सहकार्य गरी बृहत् भेडा तथा बाख्रापालन कार्यक्रम गर्दैछौँ । पहिलो चरणमा बाजुराका हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकामा कार्यक्रम लागू गर्छौँ ।”

सुदूरपश्चिम प्रदेशसभा सदस्य नरेशकुमार शाहीले जिल्लाको भेडा, बाख्रापालनको सम्भावनालाई प्राथमिकता राख्दै कृषि क्षेत्रमा किसानलाई आत्मनिर्भर बनाउने गरी कार्यक्रम अगाडि बढाउन लागिएको बताउनुभयो ।

छलफलमा पूर्वमन्त्री श्रद्धा श्रेष्ठ, कृषि विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द्र गुरुङलगायतले धारणा राख्नुभएको थियो ।रासस