९ असार २०८३, मंगलवार
,
Latest
सम्पत्ति शुद्धिकरण बिभागमा पूर्वअर्थमन्त्री पौडेललाई गराइयो उपस्थित पूर्वअर्थमन्त्री पौडेललाई आज विशेष अदालतमा उपस्थित गराइँदै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्रका गुठी जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको निर्देशन काठमाडौँका ३ हजार ३०३ सार्वजनिक सवारीमा ड्यासक्यामेरा, सिसीक्यामेरा र जीपीएस जडान मानव अधिकारवादीको काम रोकिएकाले प्यालेस्टिनी बालबालिकाहरू दुव्र्यवहारको उच्च जोखिममा: संयुक्त राष्ट्रसङ्घ मनसुन सक्रिय, तर तराईमा तातो लहरको जोखिम अझै कायम रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्दसत्र आज २ बजेबाट, यस्तो छ कार्यतालिका सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘षट्श्राद्ध सङ्ग्रह’ पुस्तक सार्वजनिक



अ+ अ-

काठमाडौँ। श्राद्ध पद्धतिको सबैभन्दा सजिलो र शास्त्रीय पुस्तकका रुपमा ‘षट्श्राद्ध सङ्ग्रह’ सार्वजनिक गरिएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, पुस्तकका सम्पादक सहप्राध्यापक श्रीराम सापकोटा, पुस्तकका सङ्कलक लक्ष्मण सापकोटा, स्वमकी केशव प्रपन्नाचार्य, वाल्मीकि विद्यापीठ फलित ज्योतिष विषयका सहप्राध्यापक उपेन्द्रप्रसाद भट्टराई, प्रा डा प्रद्युम्नविक्रम राणागायतले पुस्तक सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा समितिका पूर्वअध्यक्ष अधिकारीले शास्त्रीय विधिअनुसार वचन मिलेको पुस्तकका रुपमा ‘षट्श्राद्ध सङ्ग्रह’ सार्वजनिक हुनु खुसीको विषय रहेको बताउनुभयो ।

पुस्तकमा केही त्रुटि पनि भेटिएकाले अर्को संस्करणमा सच्याउन उहाँले सुझावसमेत दिनुभएको थियो । कार्यक्रममा पुस्तकका सम्पादक सापकोटाले ९६ प्रकारका श्राद्धमध्ये अहिले कतिपय लोप भइसकेको सुनाउनुभयो । शास्त्रमा भएका श्राद्धसम्बन्धी विषयलाई पुस्तकमा समेटिएको जानकारी पनि उहाँले गराउनुभएको थियो । पुस्तकमा देखिएका अशुद्धिलाई आगामी दिनमा कमी गर्दै लैजाने प्रतिबद्धता पनि सम्पादक सापकोटाको थियो ।

स्वामी केशव प्रपन्नाचार्यले डर, कर र अरूले के भन्छन् भनी नभई श्रद्धाले युक्त भएर श्राद्ध गरिनुपर्ने बताउनुभयो । सहप्राध्यापक भट्टराईले मुण्डनादि श्राद्धका नियम कति लागू भए भनी खोजीको विषय हुनुपर्ने बताउनुभयो । रासस