९ असार २०८३, मंगलवार
,
Latest
इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित पोखरा बसपार्कका ५२० संरचना हटाइयो रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध ‘स्ट्रेट अफ हर्मुज’मा सेवा शुल्कसम्बन्धी अध्ययन गर्ने इरान र ओमानको सहमति गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना रास्वपाको सिद्धान्त– सामाजिक लोकतन्त्रः रवि लामिछाने इरान उच्चस्तरीय आणविक निरीक्षणमा सहमत भएको ट्रम्पको दाबी द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन श्रीलङ्कामा डेङ्गु सङ्क्रमण, नियन्त्रणका लागि राष्ट्रव्यापी अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्याज मिनाहा गर्न मुख्यमन्त्री बानियाँद्वारा माग



फाइल फोटो
अ+ अ-

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडामा सडक विस्तारका क्रममा संरचना भत्काउँदा पीडित भएका व्यवसायीलाई सुविधा दिनु आग्रह गर्नुभएको छ ।

मकवानपुर उद्योग वाणिज्य सङ्घको ५९औँ वार्षिकोत्सवको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै उहाँले हेटौँडामा सडक विस्तारका लागि संरचना भत्काउँदा पीडित व्यापारी भएका व्यापारीको बैङ्कको ब्याज मिनाहा गर्न सङ्घीय सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।

व्यापारीहरुले प्रदेश सरकारलाई बुझाउँदै आएको करमा सहजीकरण गर्न सरकार तयार रहेको बताउनुहुँदै मुख्यमन्त्री बानियाँले पीडित व्यवसायीहरुलाई सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

व्यापारमा इमानदारिता, काँधमा जिम्मेवारी र मस्तिष्कमा समझदारी आवश्यक रहेको बताउनुहुँदै मुख्यमन्त्री बानियाँले व्यापारमा बेइमानी भए राज्यले अङ्कुश लगाउन सक्ने अवस्था आउन सक्ने बताउनुभयो ।

हेटौँडा बजारमा कम क्षति हुने गरी मुख्य सडक विस्तार गर्नुपर्ने जोड दिनुहुँदै उहाँले लच्का पुलदेखि राप्ती पुलसम्म बाइपास बनाउन सङ्घीय सरकारले निर्णय गरे प्रदेश सरकारले आवश्यक बजेट छुट्याउन तयार रहेको बताउनुभयो । रासस