१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोटा प्रणालीले गर्दा रोकियो कानुनको भर्ना



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसको शैक्षिक सत्र २०७५/०७८ का लागि स्नातक तह प्रथम वर्ष (एलएलबी) को भर्ना प्रक्रिया पुनः रोकिएको छ । क्याम्पसले कोटा प्रणाली निर्धारण गरेर भर्ना प्रक्रिया सुरु गरेको भन्दै अनेरास्ववियु (क्रान्तिकारी), नेपाल विद्यार्थी संघलगायत विद्यार्थी संगठनले कानुन संकाय डीन कार्यालय, क्याम्पस प्रमुख, लेखा शाखामा ताला लगाएपछि प्रक्रिया रोकिएको हो ।

क्रान्तिकारीका क्याम्पस एकाइ अध्यक्ष दीपक थापाले सबै विद्यार्थीले पढ्न पाउनका लागि कोटा प्रणाली खारेजीको माग गर्दै तालाबन्दी गरिएको बताए । क्याम्पसले यही मंसिर १० गतेदेखि उक्त शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया सुरु गरेको थियो । विद्यार्थी संगठनले यही मंसिर १५ गतेदेखि ताला लगाएका हुन् । क्याम्पस प्रमुख डा दिनानाथ पराजुलीले विद्यार्थीले तालाबन्दी गरेपछि भर्ना प्रक्रिया रोकिएको जानकारी दिए ।

‘सर्वोच्च अदालतको आदेश र त्रिवि कार्यकारी परिषद्ले ३ सय जना पढाउने गरी भर्ना प्रक्रियाको निर्देशन दिएपछि हामीले भर्ना प्रक्रिया सुरु गरेको हौ’, उनले भने, ‘तर विद्यार्थी संगठनले तोकिएको कोटाको विरोधमा ताला लगाएका छन् । हामीले कोटा तोकेका होइनौँ । आदेशलाई मात्र कार्यन्वयन गरेका हौँ ।’ त्रिवि कार्यकारी परिषद्ले कात्तिक २४ गते ल क्याम्पसलाई पत्र पठाउँदै ३ सयमा २ सय ४० खुला र ६० समावेशी कोटामा भर्ना गर्न निर्देशन दिएको थियो ।

उनले पटकपटक लाग्ने तालाबन्दीका कारणले शैक्षिक सत्र २०७५/०७८ को पढाई अझै सञ्चालन हुन नसकेको बताए । अनेरास्ववियुका क्याम्पस एकाइ अध्यक्ष हरि पंगेनीले कोटा प्रणाली नभई प्रवेश परीक्षामा उत्तीर्ण सबै विद्यार्थीलाई भर्ना गर्नुपर्ने बताए । पछिल्लो समयमा एलएलबी पढ्ने विद्यार्थीको आकर्षण भएदेखि क्याम्पसमा विद्यार्थीको संख्या बढेको छ । शैक्षिक सत्र २०७४÷०७७ का लागि पनि क्याम्पसले ८ सय भर्ना गर्ने भने पनि पछि विद्यार्थी संगठनको दबाबका कारण करिब १० हजार ८ सय विद्यार्थी भर्ना गरेको थियो । सौर्य दैनिकबाट