३१ भाद्र २०८३, बुधबार
,
Latest
खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन यस्ता छन् बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकका निर्णयहरू अभिभावकविहीन र बेवारिसे बालबालिकालाई कानुनी संरक्षणको दायरामा ल्याइँदै विदेशी नागरिकका लागि ‘पासपोर्ट फ्री ट्राभल’ प्रणाली ल्याउँदै अध्यागमन विभाग कांग्रेसको वडा अधिवेशन निर्धारित मितिमै हुने, करिब ९ हजार निर्वाचन अधिकृत फिल्डमा चिलिमे जलविद्युत् केन्द्रका कर्मचारीको मृत्युमा कुलमान घिसिङद्वारा दुःख व्यक्त भोटेकोशी बाढीः १४ शव पहिचान, ८१ जनाको डिएनए सङ्कलन बालबालिकालाई सहानुभूतिले होइन, अधिकारसम्पन्न नागरिकका रूपमा हेर्न सांसदहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बादलले सदनमा राखेको धारणा पार्टी नीतिविपरीत : विष्णु पौडेल



फाइल फोटो
अ+ अ-

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा नेता बादलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जितलाई एआई र अल्गोरिदमको नतिजा र विदेशी शक्तिको चलखेल भनेर टिप्पणी गरेका थिए।

उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला पौडेलले सामाजिक सञ्जालमा बादलको भनाइप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। यो पार्टीको आधिकारिक धारणा नभएको उनले बताए।

उनले लेखेका छन्, “प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) को दल नेताको हैसियतले मा. रामबहादुर थापाले व्यक्त गर्नुभएको विचार पार्टीका स्थापित नीति र मान्यताविपरीत छन्,” पौडेलले फेसबुकमा लेखेका छन् ।

बादलको उक्त अभिव्यक्तिका बारेमा शुक्रबार बस्ने केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने अपेक्षा पनि गरेका छन् ।

“यस सम्बन्धमा भोलि आयोजना गरिएको नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठकमा गम्भीरतापूर्वक छलफल हुने र उचित निर्णय हुने अपेक्षा गरेको छु,” पौडेलले लेखेका छन् ।