४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ

जेन–जी घटनामा दुवै दिनका घटनाको निष्पक्ष छानबिन गर्न काँग्रेसको माग

जेन–जी घटनामा दुवै दिनका घटनाको निष्पक्ष छानबिन गर्न काँग्रेसको माग
अ+ अ-

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनालाई अलग–अलग नभई समग्र रूपमा निष्पक्ष छानबिन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै काँग्रेस नेता भीष्मराज आङ्देम्बेले जेन–जी आन्दोलनका घटनामा निष्पक्ष अनुसन्धान हुन नसकेको दाबी गरेका हुन्। उनले संसद भवन, सिंहदरबारलगायतका संरचनामा भएको क्षतिको विषयमा सत्यतथ्य बाहिर आउन नसकेको भन्दै सरकारले गठन गरेको जाँचबुझ आयोगप्रति प्रश्न उठाए ।

आङ्देम्बेले आयोगले भदौ २३ गते भएका घटनाको अनुसन्धान गरी कारबाही सिफारिस गरे पनि २४ गतेका घटनाबारे पर्याप्त छानबिन नगरेको आरोप लगाए । पटक–पटक समय थपिँदा पनि अन्ततः काम पूरा नभएको भन्दै उहाँले आयोगको कार्यशैलीमाथि आशंका व्यक्त गरे।

उनले कुनै एक पक्षलाई मात्रै हेर्ने प्रवृत्ति गलत हुने भन्दै दुवै दिनका घटनालाई समान रूपमा मूल्यांकन गर्नुपर्नेमा जोड दिए। दमन र क्षति दुबै पक्षका घटना नहेरी निष्कर्ष निकाल्नु न्यायसंगत नहुने उनको भनाइ थियो ।

संसद भवन र अन्य सरकारी संरचनामा भएको आगजनी तथा क्षतिको स्मरण गर्दै उनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन राष्ट्रिय रूपमा गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरे । उनले सरकारलाई आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि आग्रह गरे।

आङ्देम्बेले सरकारलाई कानुनी प्रक्रिया र मर्यादाभित्र रहेर पारदर्शी रूपमा अघि बढ्न सुझाव दिँदै दोषी उम्किन नहुने र निर्दोषलाई कारबाहीको भागीदार बनाउन नहुने काँग्रेसको पुरानो मान्यता दोहोर्याए ।

उनले मुलुकमा राजनीतिक स्थायित्वका लागि सरकारलाई पूर्ण कार्यकाल सञ्चालन गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।