१ भाद्र २०८३, सोमबार
,
Latest
देशभर श्रद्धापूर्वक नागपञ्चमी मनाइँदै, नागपोखरीमा भक्तजनको भीड दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालाजु बाइसधारामा चैत पूर्णिमाको मेला सुरु, स्नानका लागि भक्तजनको भीड



अ+ अ-

काठमाडाैँ । काठमाडौंको ऐतिहासिक तथा धार्मिक स्थल बालाजु बाइसधारामा चैत शुक्ल पूर्णिमाका अवसरमा लाग्ने परम्परागत मेला शुरु भएको छ ।
बिहानैदेखि हजारौंको संख्यामा भक्तजनहरू बाइसधारामा स्नान गर्न पुगेका छन् ।

धार्मिक मान्यताअनुसार आजको दिन बाइसधारामा स्नान गर्नाले शरीरका रोगव्याधि निको हुने र पुण्य प्राप्त हुने विश्वास गरिन्छ । विशेषगरी छाला सम्बन्धी रोग निको हुने जनविश्वासका कारण पनि यहाँ स्नान गर्नेहरूको ठूलो भीड लाग्ने गर्दछ ।

मेला व्यवस्थापन समितिकाअनुसार यस वर्ष भक्तजनको सुरक्षा र सुविधाका लागि विशेष प्रबन्ध मिलाइएको छ । सुरक्षाकर्मी र स्वयंसेवकहरूको बाक्लो उपस्थिति रहेको छ भने ट्राफिक व्यवस्थापनलाई पनि चुस्त बनाइएको छ ।

बालाजु उद्यान भित्र रहेको बाइसधाराको आफ्नै ऐतिहासिक महत्व छ । मल्लकालीन समयमा निर्माण गरिएका यी धाराहरू काठमाडौँ उपत्यकाको महत्वपूर्ण सांस्कृतिक सम्पदा हुन् । आजको दिन यहाँ स्नान गरेपछि नजिकै रहेको जामाचो डाँडामा रहेको चैत्यको दर्शन गर्ने पनि चलन रहेको छ ।