५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन

१० मन्त्री र आठ सचिव फेरिएपनि हवाई सेवामा इयूको नफेरिएको कालोसूची

१० मन्त्री र आठ सचिव फेरिएपनि हवाई सेवामा इयूको नफेरिएको कालोसूची
अ+ अ-

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसहित नेपालका सबै १८ एयरलाइन्स कम्पनीहरूलाई युरोपेली युनियन (इयू)ले पुनः कालोसूचीमा राखेको छ । नेपाल वायुसेवा निगमले चिनियाँ जहाज किनेपछि इयूको तारो बनेको नेपाली आकाश ६ वर्षदेखि निरन्तर कालोसूचीमा छ । इयूअन्तर्गतको युरोपेली आयोग (इसा)ले गत सोमबार सार्वजनिक गरेको नयाँ सुरक्षा सूचीमा नेपालका सबै एयरलाइन्स कम्पनी कालोसूचीमा राखिएका छन् । उसले २०१३ डिसेम्बरदेखि नै नेपाली आकाशलाई कालोसूचीमा राख्दै आएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले भने नेपालले हवाई सुरक्षामा सुधार गरेको भन्दै दुई वर्षअघि नै ‘गम्भीर हवाई सुरक्षा सूची’बाट हटाइसकेको छ । इयूले पनि भ्रमण वर्ष २०२० अघि कालोसूचीबाट हटाउने दाबी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा हवाई क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले गर्दै आएका थिए । प्रत्येक ६/६ महिनामा कालोसूची सार्वजनिक गर्ने इयूले नेपाललाई नयाँ वर्षको पूर्वसन्ध्यामा पुनः कालोसूचीमै राखेको छ ।

इयूको कालोसूचीमा परेकैले नेपाल घुम्न आउने विदेशी पर्यटकलाई पुनर्बिमा कम्पनीले बिमा शुल्क महँगो लिँदै आएका छन् । ‘यसपटक सूचीको विषयमा छलफल नै भएको थिएन, हामी केही सुधारको निरन्तरतामा रहेकाले अर्को सूचीमा सुधार हुने अपेक्षा छ,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने । नेपालको हवाई क्षेत्रका बारेमा आइकाओले पहिलोपटक सन् १९९९ मा प्रारम्भिक अडिट गरेको थियो । २००१ मा पहिलोपटक आइकाओले औपचारिक अडिट गरेको थियो । सो समयमा पनि हवाई सुरक्षाको कुरा उठाएको थियो ।

पुनः आइकाओले सन् २००४ र २००८ मा पनि अडिट गरेको थियो । २०१७ मा पुनः सुरक्षा अडिट गर्न आइकाओ नेपाल आएको थियो । जसमा अधिकांश सूचक सकारात्मक भन्दै हवाई सुरक्षा सूचीबाट हटाएको थियो । तर, इयूले भने नेपालको ऐन कानुनमा सुधार हुन नसकेको भन्दै कालोसूचीलाई निरन्तरता दिएको महानिर्देशक पोखरेल बताउँछन् । इयूले एयर अपरेटर्स सर्टिफिकेट (एओसी) दिँदाको स्टाटस, दुर्घटनाको जाँचबुझ प्रतिवेदन, नेपालमा सेप्टेम्बर २०१२ देखि सेप्टेम्बर २०१३ सम्म तीनवटा दुर्घटना हुनुलगायत विषय उठाउँदै कालोसूचीमा राख्दै आएको छ ।

जसका कारण संयुक्त राष्ट्रसंघको कार्यक्रममा गएको श्री एयरलाइन्सका दुई हेलिकोप्टर अफ्रिकन मुलुकबाट नेपाल ल्याउन नसक्दा कम्पनीले करोडौँ रकम क्षति व्यहोर्नुपरेको थियो । केही समयअघि मात्रै नागरिक उड्डयन ऐन २०७६ मन्त्रिपरिषद्मा पठाइएकाले अब संसद्बाट पास भएपछि नेपाल इयूको कालोसूचीबाट मुक्त हुने दाबी पोखरेलको छ ।

ऐन संसद्बाट पारित भएर कार्यान्वयनमा आए नियामक र सेवाप्रदायकका रूपमा प्राधिकरण छुट्टिनेछ । ‘आइकाओले सन् २०१७ मा गरेको अडिटमा समेत सेवा र नियमक छुट्याउन सुझाब दिएको छ, सोहीअनुसार काम भइरहेको छ,’ पोखरेलले भने । आइकाओको टोली सन् २०२० मा पुनः नेपालको हवाई सुरक्षाको अडिट गर्न नेपाल आउनेछ । आइकाओ र इयूले नेपाललाई पटक÷पटक सेवाप्रदायक र नियामक छुट्याउन दबाब दिँदै आएका छन् । हाल दुवै काम नागरिक उड्डयन प्राधिकरणले गर्दै आएको छ ।

६ वर्षदेखि कालोसूचीमा:इयूले नेपाली हवाई आकाश कालोसूचीमा राखेयता १० पर्यटनमन्त्री फेरिएका छन् । त्यस्तै, आठ सचिव पर्यटन मन्त्रालयमा आइसकेका छन् । नागरिक उड्डयन प्राधिकरणमा पनि तीन महानिर्देशक फेरिएका छन् । तर, ६ वर्षदेखि इयूको कालोसूची भने फेरिएको छैन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि मन्त्री नियुक्ति भएकै दिन नेपाललाई इयूको कालोसूचीबाट हटाउने घोषणा गरेका थिए । सन् २०१३ यताका सबै पर्यटनमन्त्रीको पहिलो प्राथमिकता इयूको कालोसूचीबाट हट्ने भए पनि कार्यान्वयन हुन सकेको छैन ।

कालोसूचीमा राखिएकोवेला पर्यटनमन्त्री थिए रामकुमार श्रेष्ठ थिए । त्यसपछि भीम आचार्य, दीपक अमात्य, कृपाशुर शेर्पा, आनन्द पोखरेल, जीवनबहादुर शाही, दिलनाथ गिरी, जितेन्द्रनारायण देव, रवीन्द्र अधिकारी हुँदै अहिले योगेश भट्टराई मन्त्री छन् । त्यस्तै सचिवमा सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, दिनेश थपलिया, प्रेम राई, शंकर अधिकारी, महेश्वर न्यौपाने, कृष्ण देवकोटा, मोहनकृष्ण सापकोटा हुँदै हाल केदारबहादुर अधिकारी छन् । प्राधिकरणमा भने रतिशचन्द्रलाल सुमन, सञ्जीव गौतमले महानिर्देशकको जिम्मेवारी पूरा गरेका छन् । अहिले राजन पोखरेल महानिर्देशक छन् ।

चिनियाँ जहाजमा केन्द्रित थियो इयूको कालोसूची:विश्वभरि एकछत्र राज गरिरहेका अमेरिकन र युरोपियन जहाज कम्पनीहरूको मुख्य निसानामा चिनियाँ जहाज कम्पनी छन् । हवाई सुरक्षा खस्किँदो रहेको अवस्थामा नेपालले चिनियाँ सरकारसँग अनुदान र सरल ऋणमा चिनियाँ जहाज खरिद गर्ने निर्णय गर्यो । तर, चिनियाँ जहाज खरिद नगर्न लबिङ गर्दै हिँडेका युरोपियन कम्पनीहरू सफल नभएपछि नेपालसँग रिसाएका थिए । त्यसकै परिणामस्वरूप नेपाललाई इयूले कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।

‘तत्कालीन समयमा चिनियाँ जहाज युरोपेलीहरूको चासोमा थियो, अहिले चिनियाँ जहाजमा उनीहरूको चासो छैन,’ पोखरेलले भने । सरकारले २०७१ देखि २०७४ सम्म नेपाल वायुसेवा निगमका लागि एक थान एमए ६० र एक थान बाई १२ अनुदान, एक थान एमए ६० र तीन थान बाई १२ सरल ऋणमा खरिद गर्ने निर्णय गरेको थियो । खरिद गरिए पनि निगमले चिनियाँ जहाज भने नियमित उडाउन सकेको छैन । नयाँ पत्रिका दैनिकबाट