१४ श्रावण २०८३, बिहीबार
,
Latest
खल्तीमार्फत डिम्याट तथा मेरो शेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर देवानगञ्ज घटना निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान स्केटिङको एसियाड तयारी थाइल्यान्डमा थप चार स्थानीय तहमा मालपोत सेवा विस्तार चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि शान्तिसुरक्षा कायम गर्न मुख्यमन्त्री यादवद्वारा अपिल शान्ति र सद्भाव कायम राख्न नेपाल चेम्बर अफ कमर्सको अपिल उर्जा मन्त्री श्रेष्ठ र कार्यवाहक प्रमुख डंगोल बिच भेट वार्ता सेवा प्रवाह प्रभावकारी बनाउन मन्त्रालयलाई मन्त्री सिता बादीको निर्देशन शिक्षामन्त्रीद्वारा मानसिक स्वास्थ्यलाई नीतिगत प्राथमिकतामा राख्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘असमानता प्रतिवेदन २०२६’ सार्वजनिक



अ+ अ-

विराटनगर। गैरसरकारी सङ्घ महासङ्घ नेपाल कोशी प्रदेशको आयोजनामा मुलुकमा रहेका विभिन्न किसिमका असमानताका स्वरूपबारी जानकारी लिने र आवश्यक विश्लेषण गर्ने उद्देश्यले ‘असमानता प्रतिवेदन २०२६’ सार्वजनिक गरिएको छ ।

आज विराटनगरमा आयोजित एक कार्यक्रममा उक्त प्रतिवेदन सार्वजनिक गर्दै सरोकार भएका निकायका प्रतिनिधिबीच बृहत छलफल भएको हो ।

गैरसरकारी सङ्घ महासङ्घका केन्द्रीय उपाध्यक्ष राजेन्द्र शर्माको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा कोशी प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो । कार्यक्रममा विशेष गरी महिला, युवा तथा विभिन्न समूहका प्रतिनिधिको सक्रिय सहभागिता थियो ।

छलफलका क्रममा विज्ञ परामर्शदाता डा रेवत ढकालले प्रतिवेदनको सहजीकरण गर्दै नेपालमा आर्थिक, सामाजिक र लैङ्गिक असमानताका वर्तमान चुनौतीका बारेमा प्रकाश पार्नुभएको थियो ।

सहभागीले समाजका तल्लो तहसम्म रहेका असमानताका खाडल पुर्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट हुनुपर्ने पहलका बारेमा आ-आफ्ना धारणा राख्नुभएको थियो ।

गैरसरकारी सङ्घ महासङ्घले सार्वजनिक गरेको उक्त प्रतिवेदनले आगामी दिनमा नीति निर्माण र पैरवीका लागि महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधिहरूको समेत उपस्थिति थियो । रासस