१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसभित्र शक्ति सङ्घर्ष, किन गरे पौडेल समूहले बैठक नै बहिष्कार ?



अ+ अ-

काठमाडौँ  । नेपाली काँग्रेसभित्र अब हुने १४औँ महाधिवेशनलक्षित शक्ति सङ्घर्ष तीव्र रूपमा बढेको छ । आगामी फागुनमा चारवर्षे कार्यकाल सकिन लाग्दा संस्थापन पक्ष र अर्को पक्षबीच शक्ति आर्जन गर्ने होडबाजीमा शक्ति सङ्घर्षले उचाइ लिएको हो । संस्थापन पक्ष अरू एक वर्ष अवधि थप्न चाहन्छ भने अर्को पक्ष कार्यतालिकासहित महाधिवेशन गराउने सर्तमा मात्रै अवधि थप्नुपर्ने अडानमा छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने पक्षमा चर्को दबाब दिँदै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकलाई बहिष्कार गरेको छ ।

अघिल्लो बैठकमा पौडेल पक्षका दुई नेता आएर महाधिवेशनको कार्यतालिका आउनुपर्ने अडान राख्दै बाहिरिए पनि आइतबारको बैठकमा कोही पनि उपस्थित भएनन् । त्यति मात्र होइन, केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा वरिष्ठ नेता पौडेल भने उपत्यकाबाहिर छन् । कुल ८४ सदस्यीय कार्यसमितिको बैठकमा बहुमत सदस्य उपस्थित हुनुभएको जानकारी पार्टी सचिवालयले दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयमा छलफल गरी निर्णय पनि सार्वजनिक गरेको छ तर सङ्गठनलाई दूरगामी असर पर्ने खालका निर्णय भने गरिएको छैन ।

बैठकमा उपसभापति विमलेन्द्र निधिले शनिबार राति दुवै पक्षबीच भएको छलफल सहमतिनजिक पुगिएको जानकारी गराएका थिए । सभापति देउवाले उपसभापति निधिलाई सहमतिको वातावरण बनाउने जिम्मेवारी सुम्पेका छन्। यसैगरी उपसभापति विजयकुमार गच्छदार एवं केन्द्रीय सदस्यद्वय बालकृष्ण खाँण र रमेश लेखकले सरकारका गतिविधि, सङ्घीय संसद्को अधिवेशन, उपनिर्वाचनको नतिजा, पार्टीका गतिविधिका बारेमा बैठकलाई जानकारी गराएका थिए । बैठकपछि केन्द्रीय सदस्य खाँणले काँग्रेसमा सहमति जुट्छ र एकढिक्का भएर अगाडि बढ्छ, त्यसका लागि छलफल चलिरहेको जानकारी दिए ।

नेता खाँणले भने, “काँग्रेस जनताको हकहित र संविधानको रक्षा गर्न एकजुट भएर लाग्छ, सरकारले ल्याउन लागेको संवैधानिक परिषद् र अन्य कानुनका विषयमा बैठकमा गम्भीर छलफल भएको छ, बम विस्फोट लगायतका विषयमा बैठकले निर्णय पनि गरेको छ ।” अर्का केन्द्रीय सदस्य बहादुरसिंह लामाले वरिष्ठ नेता पौडेलसहितका नेताहरू बैठकमा अनुपस्थित रहेको जानकारी दिए । पौडेल पक्षबाट सहमति निर्माणका लागि पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा गठित तीन सदस्यीय कार्यदलका सदस्य हृदयराम थानीले महाधिवेशनको कार्यतालिका नआएसम्म बैठकमा नजाने स्पष्ट पारे ।

सहमतिकै वातावरण निर्माणका लागि पौडेल पक्षका काठमाडौँमा उपलब्ध प्रभावशाली नेताहरूको बैठक महामन्त्री डा. शशाङ्क कोइरालाको निवासमा आइतबार साँझ अबेरसम्म बस्यो । केन्द्रीय कार्यसमितिको बैठकमा जानु अगाडि नै सहमति हुनुपर्ने भनाइ नेताहरूको छ । बैठकले मङ्सिर २७ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा बम विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र अन्य दुई जना नागरिकको मृत्यु भएको घटनाको भत्र्सना गरेको छ । यसैगरी पछिल्लो समयमा सडक दुर्घटना बढ्दै गएकाले दुर्घटना नियन्त्रणका लागि गम्भीर पहलकदमी गर्न सरकारलाई अपिल गरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार अर्को बैठक सोमबार पुनः बस्ने छ । गोरखापत्र दैनिकबाट