१५ श्रावण २०८३, शुक्रबार
,
Latest
ब्रड पिक दुर्घटना : यी हुन् निर्मल पुर्जासहित बेपत्ता भएका नेपाली सार्वजनिक ऋणको त्रास अनावश्यक, कर्जा विस्तार संकुचनले अर्थतन्त्र प्रभावितः पूर्वगभर्नर डा. नेपाल चार महिनामा विपद्का तीन हजार ९५१ घटना, १९३ जनाको मृत्यु इरानमाथि अमेरिकी सेनाको नयाँ हवाई आक्रमण, सैन्य अखडाहरूमा व्यापक क्षति राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य सामाजिक सद्भाव कायम राख्न उद्योग परिसङ्घको आग्रह विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन ब्रड पिकमा हिमपहिरोपछि निर्मल पुर्जासहित १० सदस्यीय आरोही टोली बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने एमालेको तयारी, सचिवालय बैठकले रणनीति तय गर्ने



अ+ अ-

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष रघुजी पन्तले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएका कानूनी दफाहरुको कुनै आधार नभएको दाबी गर्नुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय च्यासलमा सचिवालय बैठकका लागि पुग्नुभएका उपाध्यष पन्तले सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानूनी आधार बिना पक्राउ गर्नु गम्भीर भएको बताउनुभएको हो ।

अध्यक्ष ओलीमाथि लगाइएका दफाहरु तर्कसंगत नभएको उहँँको भनाइ छ । पन्तले एमालेले यस विषयमा आजै छलफल गर्ने र कानूनी रुपमा कडा प्रतिवाद गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘समस्या त अब गम्भीर नै भयो तर जुन दफाहरु लगाइएको छ, त्यो दफाहरु चाहिँ लगाउने आधार देखिँदैन। त्यसैले हामी आज छलफल गर्छौँ र यो कानूनी रुपमै कत्तिको प्रतिवाद गर्न सकिन्छ, कानूनी रुपमा पनि प्रतिवाद गर्छौं । र त्यसपछि अब अरु के गर्ने भन्ने कुरो अहिले हामी सचिवालयको बैठकमा छलफल गरेपछि थप पाइलाहरु के हुनेछन् भन्ने कुरा अब अहिले रणनीति बन्छ अब त्यसको बारेमा ।’
पार्टीको आगामी कदमका बारेमा जानकारी दिँदै उहाँले सचिवालय बैठकपछि थप रणनीति बन्ने बताउनु भयो ।

उहाँकाअनुसार सचिवालयको बैठकमा छलफल गरेपछि थप रणनीति तय गरिनेछ । –न्युज एजेन्सी नेपाल